एजेन्सी – सन् २०२१ मा अष्ट्रेलियामा हुने भनिएको टि२० विश्वकप भारतले आयोजना गर्ने भएको छ । अष्ट्रेलियाले सन् २०२२ मा टि२० विश्वकप गर्ने इएसपीएनक्रिकिइन्फोले जनाएको छ ।
केहि साताअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यसै वर्ष अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने तय भएको टि२० विश्वकप कोरोना महामारीको कारण एक वर्ष पछिलाई सारेको थियो । उक्त टि२० विश्वकप सर्दा सन् २०२१ मा भारतमा हुने टि२० विश्वकप २०२२ सम्मलाई सरेको आइसिसीले जनाएको थियो । अब सन् २०२१ मा टि२० विश्वकप भारतमा अक्टोबर नोभेम्बरमा हुने छ । फाइनल नोभेम्बरमा १४ मा हुने छ ।
अष्ट्रेलियामा टि२० विश्वकप २०२२ मा अक्टोबर नोभेम्बरमा हुने छ । फाइनल नोभेम्बर १३ मा हुने छ । सन् २०२३ मा भारतमा एक दिवसिय विश्वकप हुने छ । सन् २०२१ फ्रेबुअरी मार्चमा न्युजिल्यान्डमा हुने तय भएको महिला एक दिवसिय विश्वकप पनि २०२२ मा हुने भएको छ ।
यो वर्ष हुने टि२० विश्वकप सरेसँगै सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) यूएईमा हुँदैछ । त्यसको लागि सबै फ्रेन्चाइज टोलीले आफ्नो तयारी थालेका छन् ।