२०८३ आश्विन ६ मंगलवार
२०८३ आश्विन ६ मंगलवार

कृष्णपुरमा एम्बुलेन्सले ठक्कर दिँदा साइकलमा सवार यात्रीको मृ’त्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ चिनी मिल नजिक एम्बुलेन्सले ठक्कर दिँदा साइकलमा सवार यात्रीको मृ’त्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले दुध बोकेको साइकललाई ठक्कर दिएको हो।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक कृष्णपुर (५ का ४५ वर्षीय कृष्ण बहादुर ऐरको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ऐरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको र त्यसपछि सेती प्रादेशिक अस्पताल रेफर गरिएका उनको बिहान सवा सात बजे तिरको समयमा मृत्यु भएको प्रहरीले बताएको छ।

दुर्घटना बुधबार बिहान ६ बजे भएको थियो। एम्बुलेन्स बाँस्खेडा ऐरी रेडक्रस उपशाखाको रहेको तथा चालक भीमदत्त नगरपालिका (१६ का ४० वर्षीय गणेश विष्ट र एम्वुलेन्स इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । दुर्घटनापछि स्थानीयले बुधवार बिहानैदेखि पुर्व पश्चिम राजमार्गमा टायर वालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।