डडेल्धुरा : नेपाली काङ्ग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सांसद कर्ण मल्ल डडेल्धुरा अस्पताल भर्ना भएका छन् । सोमबार बिहान मल्ललाई बिसन्चो भएपछि अस्पताल भर्ना गरिएको डडेल्धुरा उपसभापति करुणाकर भट्टले जानकारी दिए ।



टाईफाईको समस्याले सभापति मल्ललाई केही दिनदेखि स्वास्थ्यमा समस्या रहेको थियो । औषधिले सन्चो नभएपछि सोमबार बिहान डडेल्धुरा अस्पताल भर्ना गरिएको उपसभापति भट्टले जानकारी दिए ।
अहिले सभापति मल्लको स्वास्थ्यमा सुधारमा आएको उनले जानकारी दिए ।
Views: 189


















