बैतडीमा गुडीरहेको बसमाथीबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गएराती साडे १ बजे खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगतको पाटन नगरपालिका ८ स्थित झौलेक मोडमा महेन्द्रनगरबाट बझाङ गइरहेको सुप २००१ ख ११५६ नं को बसमाथीबाट ढुङ्गा खस्दा बझाङको थलारा गाउँपालिकाका अन्ताजी २० वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको खोडपे प्रहरी चौकीले जनाएको छ ।
घाइते हुनेमा बझाङकै जयपृथ्बी नगरपालिकाका ४० वर्षीय हरी प्रशाद जोसी सोही नगरपालिकाका ३६ वर्षीय नवराज खड्का र बस साहु समेत रहेका धनगढी उपमहानगरपालिका ४ का २८ वर्षीय माधव प्रशाद खड्का रहेका छन् ।
उनिहरुलाई पचारका लागि डडेल्धुरा लगिएको खोडपे प्रहरी चौकी इन्चार्ज ऐन बहादुर पालले जानकारी दिनुभयो ।



Views: 138

























