२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

काङ्ग्रेस बलियो बनाउन सबै मिल्नु पर्छ : पुर्वमन्त्री साउद

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्बमन्त्रि एनपि साउँदले नेपाली कांग्रेस कञ्चनपुरलाई ससक्त पार्टि बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिबेसनका क्रममा कार्यकर्ता भेटघाट गर्न कञ्चनपुर पुग्नु भएका नेता साउँदले पहिलेको अवस्थामा नेपाली कांग्रेस कञ्चनपुरलाई फर्काउन अहिलेको समयमा सबै पालिका ,क्षेत्र र जिल्लामा सर्बसम्मत नेतृत्व चयन गर्ने गरी वाताबरण बनाउन सहयोग गर्न सबैमा आग्रह गर्नु भएको हो ।

नेपालि कांग्रेसको १४ औं महाधिबेसन अन्र्तगत आगामि असोज ९ गतेका लागि तोकिएको पालिका अधिबेसन र त्यसपछि ११ गते हुने प्रदेस सभा निर्बाचन क्षेत्र , १३ गते हुने प्रतिनिधि सभा निर्बाचन क्षेत्र र १६ जिल्लाको अधिबेसनलाई सौहार्दपुणर् बाताबरणमा सम्पन्न गर्न समेत सबैमा कांग्रेस नेता साउँदले आग्रह गर्नु भएको छ ।

नेपाली कांग्रेसका नेता कार्यकर्ता एक ठाउँमा आउनुको बिकल्प नभएकोले छलफल, सम्बाद र सहमति गरेर सबैलाई सम्मान हुने गरी सबैले अगाडि बढ्नु पर्नेमा उहाँ जोड दिनु भएको छ ।

अहिले आंकाक्षा राख्ने धेरै ब्यक्ति भएकाले समय अनुसार सबैको पालो आउने भएकाले नहत्तारीन समेत उहाँले नेपाली कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । नेपाली कांग्रेसमा नेतृत्व लिन अगाडि बढेका ब्यक्तिहरुलाई अहिलेको महाधिबेसन अन्तर्गत गाउ, नगर, क्षेत्र ,जिल्ला, प्रदेश र संघमा रहेका बिभिन्न पदमा स्थान दिन सकिने र अन्य छुटेका ब्यक्तिहरुलाई स्थानिय निकाय,प्रदेश र प्रतिनधि सभाको निर्बाचनमा स्थान दिने गरी सहमति गर्नु पर्नेमा समेत उहाँले जोड दिनु भएको छ ।

नेपाली कांग्रेसका नेता कार्यकर्ता एक जुट भए मात्रै कञ्चनपुरका ९ बटै पालिका , ६ बटै प्रदेश सभा निर्बाचन क्षेत्र र ३ बटै प्रतिनिधि सभा निर्बाचन क्षेत्रका बिजय हासिल गर्न सकिने भएकाले एक आपसमा फुटेर नभई जुटेर अगाडि बढ्न समेत कांग्रेसका नेता कार्यकर्तालाई कांग्रेस नेता साउदले आब्हान गर्नु भएको छ ।

एक आपसमा भएका सानातिना मनमुटाब त्यागेर सहयोगको भाबना सहित अगाडि बढ्न समेत उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नु भएको छ । आम कार्यकर्ता र नेता पार्टिको आन्तरिक अधिबेसनमा नै छिन्नभिन्न भएर लाग्ने हो भने त्यसको असर स्थानिय,प्रदेश र प्रतिनिधिसभाको चुनाबका पर्ने भएकाले समयमा सबैले सचेत बन्नु पर्नेमा समेत उहाँले जोड दिनु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।