बैतडीको डिलाशैनी गाँउपालिका ४ की २० वर्षीय सुत्केरी महिला मञ्जु कार्कीको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थानिय स्वास्थ्य चौकीमा सुत्केरी भएकी कार्कीको साल नआएपछि उनलाई रेफरका लागि जिल्ला प्रसासन कार्यालय बैतडीबाट महिला तथा बालवालिका मन्त्रालयलाई जानकारी गराई हेलिकप्टर मार्फत कैलाली स्थित सेती प्रादेशिक अस्पताल पठाएको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेयले जानकारी दिनुभयो । महिलाको स्वास्थ्य अवस्था जटिल रहेको जानकारी पाएपछि महिला तथा बालबलिका मन्त्रालयमा सम्पर्क गरी उद्धार गरिएको पाण्डेयले बताउनुभयो । शिशुको अवस्था समान्य रहेको बताइएको छ ।



Views: 183

























