डडेल्धुराम— काँग्रेस डडेल्धुराको भाद्र २५ गते सम्पन्न वार्ड अधिबेसन वाट जिल्लामै सबै भन्दा कम उमेरका २ जना प्रतिनिधी सर्व सम्वत चयन भएका छन ।
डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नंम्बर ४ वाट नेपाल विद्यार्थी संघ डडेल्धुरा सदस्य समेत रहेका कैलाश साउँद र परशुराम नगरपालिका वडा नम्बर १२ वाट रितु भट्ट सर्वसम्वत चयन भएका हुन ।
भट्ट २१ वर्ष उमेरकी छन , भने कैलाश २० बर्षका छन दुवै जना नेपाल बिद्यार्थी संघ डडेल्धुरा सदस्य पनि हुन, रितु भट्ट रेडियो परशुराम एफ.एम.जोगबुडाका पुर्व कर्मचारी तथा पत्रकार एबम् प्रेस यनुनीयन सदस्य पनि हुन ।
काँग्रेस डडेल्धुराको तल्लो तहको वर्डा अधिबेसशन देशै भरका अधिकान्स जिल्लाहरुमा फरक –फरक मितिमा केन्द्रीय तालिका अनुसार सम्पन्न भएको हो ।
यता डडेल्धुरा जिल्लामा पनि भाद्र २५ गत तल्लो तह अन्तरगत वार्ड अधिबेसन सम्पन्न भएको निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बमले गाउँघरन्यूज लाई जानकारी दिए ।
यता काँग्रेस केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृह डडेल्धुराका ५२ वडा मध्ये ५० वडामा अधिबेसन सम्पन्न भएको अधिकृत वमले जानकारी दिए । डडेलधुरामा अधिकांस वडामा सर्वसम्मत बाट नै नेतृत्व चयन भएको छ ।





















