२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

पौडेल समूहले डडेलधुराको वडा अधिवेशन अस्वीकार गर्ने तयारी

नेपाली कांग्रेसको जारी अधिवेशनमा नेता रामचन्द्र पौडेल समूहले डडेलधुराको वडा अधिवेशन अस्वीकार गर्ने तयारी गरेको छ ।जिल्ला कार्यसमितिले अनियमिता भएको भन्दै प्रमाणसमेत सार्वजनिक गर्दागर्दै प्रहरी प्रशासनको बलमा अधिवेशन गराएको भन्दै पौडेल पक्षले अस्वीकार गर्ने तयारी गरेको हो ।

यसका लागि पौडेल पक्षले आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ भने दिउसो पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागेको छ ।गत २१ गते २१ जिल्लाको क्रियाशील विवाद कायम रहेकोमा डडेलधुराको क्रियाशील सदस्यता निर्वाचन समितिलाई बुझाइएको थियो ।

निर्वाचन समितिले २२ गते डडेलधुरामा अधिवेशनको प्रक्रिया सुरु गर्न लागेपछि डडेलधुरा सभापति कर्ण मल्लसहितको कार्यसमितिले प्रक्रिया पुर्याएर सिफारिस गरेका पाँचसय भन्दा बढी क्रियाशील काटिएको, कांग्रेसको विपक्षमा चुनाव लडेर कारवाहीमा परेकासहित तीनसय भन्दा बढि क्रियाशील सदस्य अनियमित रुपमा थपिएको भन्दै त्यो अनियमितताको छानविन नहुँदासम्म अधिवेशन स्थगित हुने भनेर निर्णय गरेका थिए ।

२३ गते वडा सभापतिहरुको भेला गराएर अधिवेशन अघि नबढाउने निर्णय गरे पनि निर्वाचन समितिले जिल्ला सभापतिलाई अधिवेशन रोक्ने अधिकार नभएको भन्दै होटलमा कार्यलय खोलेर अधिवेशनका प्रक्रिया अघि बढाएको थियो ।

जिल्ला कार्य समितिसहित १६ जना वडा सभापतिले अधिवेशन बहिस्कार गरे पनि २५ गते थालेर नियमित रुपमा वडा अधिवेशन अघि बढिरहेको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताएका छन् । उनले अब बाँकी अधिवेशनको प्रक्रिया तालिकाअनुसार नै अघि बढ्ने बताए ।

पौडेल पक्षले डडेलधुरामा अनियमिता भएको भन्दै अधिवेशनलाई नमान्ने बताए पनि निर्वाचन समितिले भने अहिलेसम्म ठोस धारणा बनाइसकेको छैन । उनले नेताहरुबीचको समझदारीमै महाधिवेशन सम्पन्न गर्नुपर्ने भन्दै नेताहरुबीच समयमै समझदारी भए आफूहरुलाई सहज हुने बताए ।

पौडेल पक्षले दिउसो २ बजे गर्ने पत्रकार सम्मेलनमा डडेलधुरासहित २१ जिल्लाको क्रियाशील सदस्यता पारदर्शी रुपमा टुंग्याएर अधिवेशन गर्न माग गर्ने तयारी गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।