२०८३ भाद्र २५ बिहीबार
२०८३ भाद्र २५ बिहीबार

घर न घाटको भएपछी भीम रावलको माधव तिर फर्किने सम्भावना !!!

काठमाडौ – पार्टी विभाजनपछि पनि नेकपा एमालेभित्रको विवाद समाधान हुन नसकेपछि खटपट सुरु भएको छ ।

एमाले विभाजन नहुँदै पार्टी एकता कायम राख्ने भन्दै दोस्रो तहका नेताले पार्टी एकताका लागि १० बुँदे प्रस्ताव अघि सारेका थिए ।

तर, उक्त प्रस्ताव कार्यान्वयन नभएपछि एमालेमा पुनः खटपट सुरु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे प्रस्ताव कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रतिवद्धता जनाएका थिए ।

तर, ओलीले अहिले जेठ २ जस्ताको तस्तै लागू नहुने स्पष्ट पारेका छन् ।

आइतबार ओली निवास बालकोटमा भएको एमाले शीर्ष नेताबीचको छलफलमा उनले जेठ २ जस्ताको तस्तै लागू स्पष्ट पारेका हुन् ।

ओलीले नेताहरुकाबीचमा प्रस्ट भने, ‘जेठ २ जस्ताको तस्तै लागु हुँदैन । यसमा प्रस्ट हुनुस् ।’

ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने पनि बताएका थिए ।

भीम रावलले पार्टी २ जेठ २०७५ मा फर्केपछि पुनः आफूले नै सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने अडान लिएका थिए ।

रावलले भएका थिए- ‘पार्टी जेठ २ मा फर्कने भनेपछि त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो ।’

आइतबार बिहान अध्यक्ष ओलीले उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापालाई बालकोटमा बाेलाएका थिए ।

उक्त छलफमा ओलीले रावलको भनाइप्रति असहमति जनाउँदै भने– ‘ एमालेले कार्यविभाजन गरेर तोकेको जिम्मेवारी परिवर्तन हुँदैन ।’

ओलीले रावललाई एमालेको सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले नै सम्हाल्ने र रावललाई उपाध्यक्षको जिम्मेवारी बहन गर्न आग्रह गरेका थिए ।

भट्टलाई गत फागुन २३ पछि एमाले सुदुरपश्चिम इन्चार्ज तोकेको थियो । त्यसबेला रावल माधव नेपाल समुहमा थिए ।

माधव नेपाल सहितका नेताहरुले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन गर्दा रावल पुन ओलीसँगै बसेका हुन् ।

सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका रावललाई सुदूरपश्चिको इन्चार्ज नबनाएपछि घर न घाटको जस्तै बनेका छन् ।

यता, प्रदेशसभाबाट पनि रावल एक्लिएका छन् । अध्यक्ष ओलीकै कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि रावल घर न घाटको जस्तै बनेका हुन् ।

रावल आफ्नै गृह नगरमा समेत एक्लिएका छन्। एमालेबाट निर्वाचित साँफे नगरपालिकाका प्रमुख कुलबहादुर कुवँर र उपप्रमुख बिमलादेवी बुढ्थापाले समेत नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

अछामबाट निर्वाचित प्रदेश सभा सदस्य मिना साउँद, दुर्गा विक र बलबहादुर सोडारीले पनि एकीकृत समाजवादी रोजिसकेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा एकीकृत समाजवादी १४ जना प्रदेश सांसद सहित सबैभन्दा ठूलो दल बनेको छ । नेकपा एमाले पहिलो दलबाट चौथोमा पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।