नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा राजनीतिमा प्रबेश गरेका छन् । २६ वर्षका पुगेका देउवाका छोरा जयवीरसिंह देउवाको नाम क्रियाशील सदस्य सूचीमा राखिएको छ ।



अहिलेसम्म गाउँमा नपुगेका जयवीरसिंहले बुबाको जन्मस्थान डडेल्धुराको गन्यापुरा गाउँपालिका–वडा नम्बर १ बाट क्रियाशील सदस्यता लिएका हुन्। उनको नाम क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा रहेको छ । क्रियाशील सदस्यताका लागि उनको नाम वडाबाटै सिफारिस भएर गएको बताइएको छ ।
बेलायतको युनिभर्सिटी अफ न्यूयोर्कबाट राजनीति शास्त्रमा एमए गरेका जयवीरसिंहले अब राजनीतिमा पाइला सारेका छन् । उनलाई सातौं जिल्ला अधिवेसनबाट क्षेत्रीय प्रतिनिधि पठाउनेबारे पनि छलफल भइरहेको छ । उनी क्रियाशील सदस्य बनेसँगै राजनीतिमा सक्रिय रुपमा आउने देखिएको छ ।
Views: 541

























