२०८१ फाल्गुन ५ सोमबार
२०८१ फाल्गुन ५ सोमबार

लकडाउन खुलेपछि २४६ जनाको शव नेपाल ल्याइयो, १७२ को विदेशमै अन्त्येष्टि

काठमाडौँ- वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाई नेपाल ल्याउन नसकिएका १७२ जना नेपालीको शव विदेशमै अन्त्येष्टि गर्न मृतकका परिवारसँग सहमति प्राप्त भएको छ ।
वैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार लकडान सुरु भएदेखि नेपाली श्रम गन्तव्य भएका विभिन्न मुलुकमा रोकिएका जम्मा ४९४ शवमध्ये १७२ जनाको शव विदेशमा नै अन्त्येष्टि लागि सहमति प्राप्त भएको हो । यसमध्ये २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ ।

बोर्डले दिइएको जानकारी अनुसार विदेशमा १५ जना महिलाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी साउदीमा एक महिलासहित १७३ जना नेपालीले ज्यान गुमाएका छन् । सबैभन्दा कम ओमानमा दुई जना पुरुषले ज्यान गुमाएका छन् । यसै गरी मलेसियामा ९२ जना नेपालीले ज्यान गुमाएकोमा आठ जनाको विदेशमा अन्त्येष्टि लागि सहमति प्राप्त भएको र ८४ जनाको शव परिवारलाई बुझाइएको छ ।

युएईमा पाँच महिलासहित ८३ जनाले ज्यान गुमाएकोमा ६० जनाको शव विदेशमा अन्त्येष्टिको लागि सहमति प्राप्त भएकोमा १८ जनाको शव परिवारलाई बुझाइएको र बाँकी पाँच जनाको शव विदेशमै रहेका छन् । कतारमा दुई महिलासहित ७७ जना नेपालीले ज्यान गुमाएकोमा २७ जनाको शव विदेशमै अन्त्यष्टिको लागि सहमति प्राप्त भएको र ४९ जनाको शव नेपाल ल्याइ परिवारलाई बुझाइएको छ । एक जनाको शव विदेशमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
कुवेतमा छ महिलासहित २५ जना नेपालीले ज्यान गुमाएकोमा १३ जनाको शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र १० जनाको शव नेपालमा परिवारलाई बुझाइएको दुई जनाको शव विदेशमै रहेको छ ।

बहराइनमा ११ पुरुषले ज्यान गुमाएकोमा चार जनाको शव विदेशमा अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र छ जनाको शव नेपाल ल्याइ परिवारलाई बुझाइएको छ । एक जनाको शव विदेशमै रहेको छ । कोरियामा आठ जनाले ज्यान गुमाएकोमा पाँच जनाको शव कोरियामै अन्त्यष्टिको लागि सहमति प्राप्त भएको र एक जनाको शव परिवारलाई बुझाइएको तथा दुई जनाको शव कोरियामै छ ।

अन्य मुलुकका एक महिलासहित २३ जनाले ज्यान गुमाएकोमा १४ जनाको शव अन्त्येष्टिका लागि सहमति प्राप्त भएको र नौ जनाको शव विदेशमै रहेको वैदेशिक रोजगार बोर्डले जनाएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।