२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

MCC ओली द्वारा सिधै वि’रोध देश भर ओली कै चर्चा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी सम्झौता प्रक्रियामा सघाउन आग्रह गरेकी छन् । एमसीसी उपाध्यक्षले सुमारले एमाले अध्यक्ष ओलीलाई…

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी सम्झौता प्रक्रियामा सघाउन आग्रह गरेकी छन् ।

एमसीसी उपाध्यक्षले सुमारले एमाले अध्यक्ष ओलीलाई अनु मोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी हुन् ।
बिहीबार विहान त्रिभुवन विमानस्थलमा ओर्लिएकी सुमारले दिउँसोदेखि भेटघाट थालेकी हुन् ।

सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष ओलीसँग गरेकी छन् ।एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

बालकोट भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको एमसीसी प्रतिनिधिमण्डल सहभागि थियो । एमालेको तर्फबाट विदेश विदेश विभाग प्रमुख भट्टराई, नेता विष्णु रिमाल लगायत सहभागी थिए ।

ओलीले एमसीसी उपाध्यक्ष सुमारलाई अमेरिकी अनुदान सम्झौ ता एमसीसीबारे तत्काल धारणा नबनाउने जवाफ दिएका छन् । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार सत्ता रुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ।

ओलीले बताएका हुन् ।‘हामिले हतारिएर पोजिसन बनाउँदैनौँ । पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’ भट्रा ईले भने ‘अध्यक्षज्यूले रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्ने धारणा राख्नुभयो ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।