मनोज भट्ट , बैतडी – जिल्लाको दशरथचन्द नगरपालिका १ मा एमसीसी विरुद्धको विरोध प्रदर्शन गरिएको छ ।



एमसीसी देश तथा नेपाली जनताको हित विपरित भएको भन्दै सो ठाउँका जनता आन्दोलनमा उत्रिएका हुन् ।
उक्त विरोधमा राष्ट्रघाती सम्झौता खारेज गर , एमसीसी खारेज गर , देश बेच्नु पाईदैन भन्दै नाराबाजी सहित विरोध प्रर्दशन गरिएको थियो ।
विरोध कार्यक्रममा विभिन्न राजनीतिक दलका कार्यकर्ता, व्यापारी, बुद्धिजीवी, लगायत स्थानिय जनताको उल्लेख्य उपस्थिति रहेको स्थानिय व्यापारी लोकेन्द्र भट्टले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै नेबि संघ बैतडीका नेता तथा विश्व हिन्दू सिंह गणका बैतडी जिल्ला अध्यक्ष अमर बहादुर टेरले भने देश राष्ट्र धर्म बाचे पो पार्टीको राजनिति गरौला । बरु एमसीसी पास गर्नु भन्दा यसको सम्पूर्ण लगानीको जिम्मा नेपाली जनतालाई देऊ सरकार ६० अरब ३ करोड जनताले लगानी गरौंला । हामी सबै नेपाली मिलेर मिहेनत गरौला तर अमेरिकाको गुलाम नबनाऊ नेपाललाई उनले भने ।
अब हरेक योजनामा नेपालीको मात्रै लगानी हुनु पर्ने उनको भनाइ रहेको छ ।
उनी भन्छन् , यदि हामीले मिहेनत गर्ने हो भने विदेशमा आफ्नो पसिना बेच्नै पर्दैन हामी बसी बसी खानलाई पुग्छ ।
एमसीसी देश र जनताको लागि घातक भएको कारण कुनै हालतमा पास हुनु हुदैन यदि कुनै नेताले पास गर्नु खोज्छ भने आम देशभरका युवा चुप बस्ने छैनन् र त्यो नेतालाई बहिष्कार गर्न बाध्य हुनेछौ, उनी बताउँछन् ।
टेर एक समाजसेवी हरेक जनताको दुःख सुखमा सहकार्य गर्ने, गलत काम को विरुद्ध सधैं अगाडि बढ्ने, भाषा,धर्म,कला, संस्कृतिको संरक्षणमा पाइला चाल्ने युवा पनि हुन ।

























