काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित छ ।
अहिले देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा वर्षा भईरहेको छ ।
महाशाखाका अनुसार शनिबार रातीदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू(भागको नजिक सर्ने सम्भावना देखिएको छ । त्यसैकारण मनसुन सक्रिय भई शनिबार रातीबाट दुईदेखि तीन दिनसम्म देशका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षा समेत हुने सम्भावना छ ।
भारी वर्षाका कारण बाढी र पहिरोको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो – देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती – देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै(थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।