कस्या टाकुरा
जहाँ देखि हिमाल देखिन्छ
जहाँ देखि सूर्योदयको
रमणीय दृष्यावलोकन हुन्छ
पुर्वको क्षितिजमा राकिएर
सूर्य उदाउदा
धर्तीको स्वर्ग नै
भन्दा फरक पर्दैन
झललल्ल हिमाल झल्कने
नवकान्ती टल्कने पहाडको
टुप्पो हो कस्या
अन्तुडाडा र टाइगर हिल भन्दा
केही कम छैन दृष्यावलोकनका लागि
कमी छ हेर्न आउनेको
कमी छ सरकारले
पर्यटकीय क्षेत्र भनी घोषणा हुनुको
पर्यटकीय पुर्वाधार नहुनुको
राजधानी नजिक भए
नगरकोट हुन्थ्यो
पहुच शक्ति र पर्यटक भए
अन्तुडाडा हुन्थ्यो
तर दुरदराजको डाडो कस्या
अपिसैपालको आगन हो
सेताम्य हिमाल आखै अगाडी
धितमर्ने गरि हेर्न सकिन्छ
छन त छन ढकमक्क फुलेका
लालीगुरास छ
छ यहाँ प्रकृतिको अनुपम छटाछन्नता छ
झ्याउकिरीको झुनझुनाहट छ
छ यहाँ पर्यटकीय संभावना छ
बाँजबुताउज कि झपझ्यानी डाली छ
टपरी भरी ऐसेलु
छापरी भरी काफल टिप्दै
प्रकृतिको उपयोग गर्दैछिन बिन्नरी
गद्दी भैंसी,खैला गाई चराउदै छिन चन्नरी
कुहिरोको घुम्टो ओडी बसेको घनघस्या
नाउ ठूलो घनघस्याको लेक ठूलो तेल्याको
दुबै लेकले बिचमा सजाएको छ कस्या
शल्लेश्वर र उग्रतारा ,सहश्रलिङ्ग र शैलेश्वरी
भागेश्वर र डागेश्वरी,सिँगास र त्रिपूरा
यतै बाट दर्शन हुन्छ
सुन्दर ,रमणीय ,मनोरम कस्या
कहालीलाग्दो टोपी खस्ने उकालो मात्र होइन
पर्यटकीय गन्तव्य हो
समृद्धिको आधार पनि हो
कस्या



कैलाश कुमार पाण्डे
परशुराम १२ डडेल्धुरा


















