२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

३२ बर्षको राजनीतिक सहयात्रा छुट्यो कारण एमालेमा आएको विवाद

डडेलधुरा — एमालेमा आएको विवादका कारण डडेलधुरामा नेकपा कम्युनिस्ट पार्टीका संस्थापक मध्येका नेता नरबहादुर बिष्ट र एमाले जिल्ला अध्यक्ष डा तारा जोशी ३२ बर्षको राजनीतिक सहयात्रा पछि अलग(अलग भएका छन । लामो समय देखि जेष्ठ नेता बिष्ट डा। जोशीको राजनीतिक उतार चढाबको प्रमुख सल्लाहकार र सहयात्री रहदै आएका थिए ।

नेकपा एमाले बिभाजित भैसकेपछि जोशी एमाले मै रहे भने बिष्ट माधब नेपाल नेतृत्वको समाजबादीमा गए । यद्यपि लामो समय सम्म डा। जोशी पनि समाजबादीमै जाने चर्चा थियो तर कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधिबाट व्यापक दवाब आएपछि जोशी एमालेमै रहेको स्थानिय नेता पदम बोहरा बताए ।

डडेलधुरामा आजै नेकपा एकीकृत समाजबादी ले तुलाराम बोहराको नेतृत्वमा जिल्ला कमिटी समेत घोषणा गरेको छ । जिल्लामा इमानदार नेताको छवि बनाएका बिष्ट २०५४ सालको स्थानीय निर्वाचनमा गाबिस अध्यक्ष थिए भने बौद्धिक नेताको रुपमा चिनिने डा। जोशी ०७० र०७४ को आम निर्वाचनमा पराजित भएका थिए ।

यस्तै जिल्लामा डा जोशीका कोर टीम भनेर चिनेने बिरेन्द्र बस्नेत , तुलाराम बोहरा , सुरेन्द्र बिष्ट , भुवन पाठक , प्रेम साउद , कमला साउद , खेम पाठक,पुष्प कठायत लगायतका नेताहरु नेकपा एसमा आबद्ध भएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।