रवि पाण्डेय
नवलपरासी — एम.सि.सि.पारित गर्न कम्मर कसेर लागेको भन्दै नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले प्रधानमन्त्री शेर बहादुर देउवाको शब र्याली निकालेर पुत्ला जलाएको छ । बर्दघाट ४ दिब्यनगर बाट निकालिएको र्याली शान्तिनगर चोकमा पुगेर पुत्ला दहन गरेर कोण सभामा परिणत भएको थियो । एम सि सि सम्झौता खारेज गर ,देश बेच्न पाइदैन लगायतको नाराबाजी सहित निकालिएको जुलुसमा शन्ख समेत बजाइएको थियो । कोण सभामा क्रान्तिकारी माओवादी जिल्ला सचिवलय सदस्य तथा बर्दघाट नगर इन्चार्ज चुडामणि भण्डारीले बोल्नु भएको थियो ।



Views: 154

























