डडेल्धुरा— अखिल क्रान्तिकारी डडेल्धुराको अध्यक्षमा चनद्र सिंह ऐर चयन भएका छन् । आज जिलला समन्वय समितिको हलमा भएको औपचारिक कार्यक्रममा प्रमुख अथिति दिपेश पुन (अखिल क्रान्तिकारि केनिद्रउ उपाध्यक्ष) विशेष अथितिमा माओवादि केन्द्र
डडेल्धुराका अध्यक्ष मान सिं माल ,विशिष्ट अथितिमा उमेश भट्ट विकास , मदन भुल (सु.प सयोजक), अथितिमा पार्वती नेगी ,भीम भट्ट, दिपक वि.सि., लाल पाण्डेय, कञ्चनपुर संयोजक विरेन्द्र विष्ट लगायतको सहभागिता रहेको थियो ।
‘समाजवादी शिक्षा प्रणाली लागू गराउने हाम्रो आन्दोलन, जुझारु र सक्षम नेतृत्व र सुदृढ संगठन निर्माण गर्नका लागि दशौं जिल्ला सम्मेलन’भन्ने मूल नाराका साथ भएको क्रान्तिकारीको सम्मेलनले ऐरको अध्यक्षतामा ३५ सदस्यीय समिति चयन गरेको हो।
समितिको उपाध्यक्ष चेतराज ओझा, तारा भट्ट र रामसिंह गुर्धामि, सचिव बिपिन महर, सहसचिव कल्यान विक र करन धिक्त, कोषाध्यक्ष सरस्वती पाल निर्वाचित भएका छन्।




























