२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

कर्णालीका मन्त्रीको सेक्स स्क्यान्डल नालीबेली

मन्त्रीमाथि नैतिक पतनको आरोप लाग्दा कर्णाली सरकार मौन

सुर्खेत । कर्णाली प्रदेश सरकारका कृषिमन्त्री मन्त्री कुर्मराज शाही नैतिक पतनसम्बन्धी गम्भीर विवादमा मुछिएका छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको निकै दिन भयो ।

मन्त्री शाहीले नेपाल प्रेससँगको कुराकानीमा यो घटना दुई वर्ष पुरानो भन्दै पन्छाउने प्रयास गरेका छन् । उनीसँगको कुराकानी अडियोसहित तल प्रस्तुत गरिनेछ । साथै, उनकै सचिवालयका एक व्यक्तिले मन्त्री र ती महिला पहिले एउटै कोठामा बस्ने गरेको खुलासा गरेका छन् । उनीसँगको कुराकानी पनि अडियोसहित तल समावेश गरिएको छ ।

त्योभन्दा पहिला भिडियोको चर्चा गरौं, जसलाई दुई दिनअघि पत्रकार सम्मेलनमा मन्त्री शाहीले ‘अर्धसत्य’ भनेका छन् । भिडियोमा सुरुमा देखिएको व्यक्ति आफू भए पनि त्यसपछिको दृष्य भने ‘फेक’ भएको मन्त्री शाहीको दावी छ ।

बलत्कार कि राजीखुशी रु
करिब सात मिनेट लामो भिडियो पिडित भनिएकी युवतीले नै आफ्नो मोबाइलबाट रेकर्ड गरेको स्पष्ट देखिन्छ । पछाडिबाट खिचिएकाले युवतीको अनुहार स्पष्ट देखिएको छैन ।

हेर्दा भलादमी देखिने एक प्रौढ पुरुष वत्ती बालिएको कोठाभित्र प्रवेश गर्छन् र सरासर आएर वत्तीको स्वीच बन्द गर्छन् । त्यसपछि भने उनको भलादमीपन गायब हुन्छ ।

वत्ती निभाएपछि दुवैको कालो छायाँ मात्रै देखिएको छ । युवतीसामु बस्छन् र केही फुस्फुसाउँछन् । युवतीले ‘उहुँ‘ उहुँ‘’ गर्दै केही भनेको सुनिन्छ, तर बुझिँदैन ।

अनि तत्क्षण पुरुषले युवतीलाई वलपूर्वक ओछ्याएनमा सुताउँछन् र क्रिडा सुरु गरिहाल्छन् । युवतीले ‘नाई।।’ ‘नाई‘’ भनेको सुनिन्छ । यद्यपि यो प्राविधिक असहमतिजस्तो मात्रै प्रतित हुन्छ । उनले पुरुषको पञ्जाबाट फुत्किन खासै प्रयास गरेकी छैनन् । उनको आवाजलाई चिच्याहटभन्दा पनि ‘गुन्गुनाहट’ मान्न सकिन्छ ।

क्षणिक संसर्गपछि पुरुष उठेर फ्रेमबाट बाहिर निस्किन्छन् । तुरुन्तै फेरि भित्र आउँछन् र दोस्रो चरणको संसर्गमा लिप्त हुन्छन् । युवतीले दोस्रोपटक पनि पहिलेझैं प्राविधिक असहमति मात्रै जनाएकी छन् । दोस्रो संसर्गपछि पुरुष फेरि फ्रेमबाट निस्किन्छन् । युवती एकछिन सुस्ताएपछि आफ्नो कपडा सर्‍याउँछिन् र क्यामरा बन्द गर्छिन् ।

भिडियो हेर्दा यो क्रियाकलापलाई ‘बलत्कार’ ठहर्याउन सकिँदैन । युवतीले पहिल्यै भिडियो रेकर्डका लागि मोबाइललाई तयारी अवस्थामा राख्नु तथा गम्भीर प्रतिकार गर्न नखोज्नुले यो एउटा योजनावद्ध प्रकरण जस्तो देखिन्छ । झ्यालबाट प्रकाश छिरिरहेको हुँदा यो हर्कत दिँउसै भएको हुन सक्छ ।

मन्त्री शाहीसँग पत्रकारको सवालजवाफ
राजीनामाको दवाव बढेपछि मन्त्री शाहीले बुधबार पत्रकार सम्मेलन गरी यस सम्वन्धमा स्पष्टीकरण दिएका थिए । उनले सार्वजनिक भिडियोमा पहिले देखिएको व्यक्ति आफू भएको स्वीकारे, तर त्यसपछिको दृष्य ‘फेक’ भएको दावी गरे । यो भिडियो बनाउनमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको हात रहेको उनले आरोप लगाए ।

‘यदि मैले अपराध गरेको थिएँ भने अपराधकै विषयलाई अगाडि बढाउनुपर्थ्यो । राजनीतिकरण गर्नुपर्ने आवश्यकता थिएन । यामलाल कँडेलको नेतृत्वमा जुलुस निस्केको छ । अपराध हेर्ने त अदालतले होला नि रु प्रशासनले होला नि रु’ मन्त्री शाहीले भने ।

उनले थपे, ‘अदालतमा केस गएको र सरकारको प्रभावमा दर्ता गर्न नमानेको हकमा ‘प्रेसर’ दिन सकिन्छ । त्यो प्रेसर पनि नागरिक समाजले दिनुपर्ने हो, राजनीतिक पार्टीले होइन । सिधै मलाई अपदस्थ गर्नुपर्‍यो भनेर आएका छन् । के आधारमा अपदस्थ गर्ने रु पत्रकारले पनि विवेक गुमाए । मसित केको रिसइबी हो रु’

भिडियोका विषयमा जिज्ञासा राख्दा शाहीले यस्तो जवाफ दिएका थिएः
‘मैले त हिजो मात्रै हेर्न पाएँ । त्यो भिडियो कहाँ बनेको हो विश्लेषण गर्नुस । भिडियोको छेउमा के लेखेको छ रु काइनमास्टर लेखेको छ । भारतमा उत्पादन भएको रहेछ यो एप । फरेन्सिक ल्याबमा टेस्ट गरौं न त । फरेन्सीक ल्याबमा टेस्ट नगरी बाहिर निकाल्ने अधिकार कसैलाई छ रु ल्याबबाट प्रुफ भएको हो रु साइबर स्यालहरुको काम यही हुन्छ ।’

‘कोे पिडित हो भन्ने नै थाहा छैन । पिडित भनेर कोही आएको पनि छैन । ९सम्वन्धित व्यक्तिले० नै पत्रकार सम्मेलन गरेर हामी पिडित नै होइन भनेको छ । मेरो नाम किन जोडियो भनेर आँखाबाट आँशु झारिरहेको छ । अरुको आँशुमाथि होली खेल्न प्रयास किन हुन्छ रु बलत्कार भयो भन्दैमा हुँदैन । प्रमाण चाहिन्छ । जुन कुरा ल्याबमा टेस्ट हुँदैन, त्यसको परिणाम आउँदैन । त्यो फेक भिडियो हो । त्यसको ल्याबमा टेस्ट गरौं । मेरो त्रुटी छ भने कसैले नालिस हाल्नु पर्दैन, म आफैं अदालतमा उपस्थित हुन्छु ।’

‘यदि तपाईंको चरित्रहत्या भएको हो भने कानूनी कारवाहीमा जानुहुन्छ त रु’ पत्रकारले सोधे ।

शाहीः जान्छु नि । मलाई सबै थाहा छ । कानूनका ढोकाहरु कहाँ हुन्छन् भन्ने जानकार छु ।’

पत्रकारः यस्तो आक्षेप लागेपछि अनुसन्धानमा सहयोग गर्छु भनेर राजीनामा पो दिनुहुन्छ कि रु’

शाहीः स्याल करायो भन्दैमा बाख्रा हराउँदैन । प्रमाणसहित पेश गरे राजीनामा दिने हो । नत्र कसैको अभिष्ट पुरा गर्न किन राजीनामा दिने रु

पत्रकारः तर, यस्तो गम्भीर विषय आइसकेपछि राजीनामा दिनु राम्रो होइन रु

शाहीः गम्भीर कसले भनेको छ रु पत्रकारले भनेको छ । मैले भनेँ नि, ल्याब टेस्ट गर्नुस राजीनामा दिइहाल्छु ।

पत्रकारः भिडियोमा देखिएको व्यक्ति तपाईं होइन त रु

शाहीः फर्स्टमा देखिएको व्यक्ति म हो । मैले भनेँ नि।। त्यसपछिको त काइम मास्टरलाई सोध्नुस । एप्स हेर्नुस्, थाहा भइहाल्छ नि । आरोप लगाएको व्यक्तिले नै म होइन भनेपछि पुगेन रु अवोध महिलालाई जबरजस्त ढंगले पिडित बनाउँदैछन् । ९भिडियोमा० सुरुमा त उहाँ देखिनुभएको छ । त्यसपछि दोस्रोमा कसलाई देख्नुहुन्छ रु त्यहाँ त स्वीच अफ गरिएको छ । झ्यालबाट प्रकाश आइरहेको छ । प्रकाश आउँदा पछाडि मान्छेको अनुहार देखिँदैन रु देखिनुपर्छ । ल ठीक छ । शीशा उ भाको छ । तर प्रकाशले मान्छेको फेस उ गर्दैन र रु

फ्लोर क्रस गरेको दिनदेखि मेरा सत्रुहरु बढेका छन् । म कसैको नाम तोक्दिनँ । तर, समाचार आएको आठ मिनेटपछि नै यामलाल कँडेलको विज्ञप्ति कसरी आयो रु

पत्रकारः भनेपछि यामलाल कँडेलले भिडियो बनाउन लगाएको तपाईंको आशंका हो रु

उहाँ जुलुस लिएर आउनुहुन्छ त कसलाई भन्ने रु पिडित भनिएकोले त होइन भनिसकेपछि प्रमुख पात्र नै उहाँ हो भन्ने प्रुफ भइगो नि । ८ मिनेटपछि तुरुन्त बर्खास्त गर्नुपर्यो भनेर कसरी विज्ञप्ति आउँछ रु यो सुनियोजित हमला होइन रु

युवतीको भनाइः म बलात्कृत होइन
गत ६ भदौमा एक राष्ट्रिय अखबारमा भिडियोसम्वन्धी समाचार प्रकाशित भयो । समाचारमा युवतीको नाम उल्लेख नगरी मन्त्रीका एक पूर्वस्वकीयकी श्रीमती भनिएको थियो ।

समाचार प्रकाशित भएपश्चात कालिकोट शुभकालिका गाउँपालिका ८ कि मिमसरा महताराले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो चरित्रहत्या नगर्न चेतावनी दिइन् ।

उनले फेसबुकमा लेखेकी थिइन्, ‘मलाई जुन विषयमा मन्त्री र मेरो नाम जोडेर बलात्कार गरेको झुट आरोप लगाइएको छ, यो सरासरी गलत हो र मेरो व्यक्तिगत जीवनमा कसैले चरित्रहत्या गर्छ भने म उसैको नामबाट चिठी लेखेर मर्छु र सोही मिडिया जवाफदेही हुनेछ ।’

तर, पनि विवाद नथामिएपछि उनले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरिन् । उक्त पत्रकार सम्मेलनमा उनी आफ्नो ९ महिने बच्चा र श्रीमान अम्मराज सेजुवालसहित उपस्थित भएकी थिइन् । महताराले आफू बलात्कृत नभएको पटक(पटक दोहोर्‍याइन् ।’

बच्चाको टाउकोमा हात राख्दै उनले भनिन्, ‘मेरो छोरीको कसम, म बलात्कृत भएकै छैन । मलाई नखाएको विषय लागेको छ । ममाथि कुनै अन्याय पनि भएको छैन । केको लागि आन्दोलन गरेका हुन् रु म पिडित भएको मलाई नै थाहा छैन । मेरो इज्जतमा राजनीति छिराएका छन् ।’

सामाजिक सञ्जाल र मिडियाले आफ्नो इज्जतमा दाग लगाइदिन खोजेको भन्दै उनले आक्रोश व्यक्त गरिन् ।

‘मेरो जिन्दगीमा केही तलमाथि भए भने यी मिडिया दोषि हुन्छन् । सामाजिक सञ्जालका कारण मैले ठाडो शिर गरेर हिँड्न सकेको छैन । म एक शिक्षित महिला हुँ । अन्यायमा परेको भए कानूनको ढोका ढक्ढक्याउन जान्थेँ । सामाजिक सञ्जाल र पत्रकारले जबरजस्ती मेरो बलात्कार गराउँदैछन् ।’

उनले यस घटनामा आफ्ना श्रीमानबाट दरिलो साथ पाएको बताइन् । पत्रकार सम्मेलनमा बोल्दै उनका श्रीमान अम्मराज सेजुवालले मन्त्री र आफ्नी पत्नीबीच बाबुछोरीको जस्तो सम्वन्ध रहेको दावी गरे ।

उनले भने, ‘त्यस्तो भएको भए हामी न्याय माग्न अदालत जान्थ्यौं । तर केही भएकै छैन । ज्यान मार्ने धम्की आएपछि हामी जिप्रका गएको हो, बलात्कारको केसमा मुद्दा हाल्न गएको होइन । मैले न्यायका लागि संघर्ष गरौं भनेर कसैलाई भनेको छैन । यसलाई राजनीतिक इस्यू बनाइएको छ । बाबुछोरीको सम्वन्ध थियो माननीयज्यूसँग । एउटा महिलाको इज्जतलाई लिएर राजनीति नगरिदिनुस । म विन्ती गर्छु ।’

उनले भाइरल भएको भिडियो फेक भएको दावी गरे । बाबुछोरीको भन्दा अर्को अनैतिक सम्वन्ध नरहेको उनले बताए ।

भिडियोमा देखिएको महिला तपाईंको श्रीमती हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले केही लट्पटिए ।

सेजुवालले भने, ‘भिडियोमा मेरो श्रीमतीको अनुहार पनि देखिएको छ, मन्त्रीज्यूको अनुहार पनि देखिएको छ, तर यो भिडियो पुरै इडिटिङ हो । किनभने स्वयम् उसैले ९श्रीमती० भनेको छ, उसले मलाई झूटो बोल्न सक्दैन । उसले भएको सबै कुरा मलाई भन्छ । त्यस्तो भएको भए मलाई भन्थ्यो ।’

अम्मराज सेजुवाल उर्फ आयुषलाई शाहीले सांसद भएपछि स्वकीय सचिव नियुक्त गरेका थिए । त्यसयता सेजुवालले विभिन्न आयोजनाबाट ठूलो रकम उठाउने गरेको भन्दै आलोचनासमेत भइरहेको थियो । मन्त्री भएपछि शाहीले उनलाई सचिवालयमा राखेनन् ।

मन्त्रीका सहयोगीको यस्तो खुलासा
मन्त्री शाहीको भिडियो लिक भइसकेपछि कर्णालीका एक पत्रकारले उनको प्रतिक्रिया लिन मोबाइलमा सम्पर्क गरे । फोन उठाए मन्त्रीका सहयोगी नन्दकेश अधिकारीले । उनी हाल मन्त्री शाहीको सूचना प्रविधि सहायक पदमा छन् । मन्त्रीको रुपमा सपथ खाएको डेढ महिनापछि उनले सूचना प्रविधि हेर्ने गरी नन्दकेशलाई नियुक्ति दिएका थिए ।

पत्रकारसँगको कुराकानीमा अधिकारीले विगतमा शाही र युवती एउटै कोठामा बस्ने गरेको खुलासा गरेका छन् । भिडियोका सम्वन्धमा उनले भनेका कुराहरु यस्ता छन्, जुन अडियोमा पनि सुन्न सक्नुहुन्छः

‘म उहाँ मन्त्रीज्यू भइसकेपछि सचिवालयमा गएको हो । चार महिना भयो । यो कुरा बाहिर आएको थिएन । तीन दिनअगाडि मात्रै मैले जानकारी पाएको हुँ ।

यसको बारेमा के हो भनेर बुझ्न मैले मन्त्रीज्यू र अर्को पक्षसँग कुराकानी गरेको थिएँ । कुरा बुझ्दाखेरि करिब दुई वर्ष अगाडीदेखि उहाँहरु ९शाही र युवती० एउटै रुममा बस्नुहुने रहेछ । त्यसबेला उहाँ ९हाल स्वकीयकी पत्नी० अविवाहित नै हुनुहुन्थ्यो । त्यहाँ अध्ययन गर्न बस्नुभएको रहेछ । अम्मले पछि विवाह गरेको हो ।

बिहेपछि मन्त्रीज्यूले उनीहरुलाई अलग्गै बस्न भन्नुभएको रहेछ । तर, उसले नै तपाईंहरु बाबुछोरीजस्तै हो, मलाई चिन्ता छैन भनेर मन्त्रीज्यूकोमा नै छोडेको रहेछ । पछि मन्त्रीज्यूसँग असन्तुष्ट भएर आफूले नै भिडियो बनाउन लगाएको उसले मसित बताएको छ । पछिसम्म यो मान्छे मन्त्री वा सांसद भइरहन सक्ने भएकाले मन्त्रीलाई बारम्बार त्रसित बनाएर लाभ लिने उद्देश्य राखेको हो ।

अम्मले विगत दुई वर्षदेखि बारम्बार मसँग यो छ उ छ भनेर भनेर ब्ल्याकमेल गरिरहेको रहेछ । अहिलेसम्म सेजुवालले सांसदले बाँड्ने गरेको योजनाबाट दुई आर्थिक वर्षमा धेरै लाभ लिएको देखिन्छ । बार्गेनिङ्ग गरेर दुई वर्षको अवधीमा साढे दुइ करोडको योजना उसले बाँडेको रहेछ ।

संसद विकास कोष भन्ने हुने रहेछ, मलाई जानकारी थिएन । उसले १० जिल्लाका १४७ योजना लिएर आएको थियो । रातो किताब पनि निस्किसकेको थियो । मन्त्रीज्यूलाई डेढ करोड आफूले बाँड्न पाउनुपर्ने माग गरेको रहेछ । नत्र बेइज्जत गरिदिन्छु पनि भनेको रहेछ । मन्त्रीले प्रमाण भए बाहिर ल्या न त भनेर भन्नु भएछ । मन्त्रीज्यू चार(पाँच दिन तनावमा पनि पर्नुभएछ ।

अपराध गरेपछि तत्काल बाहिर आउनुपर्थ्यो भनेर मैले भनेको हो । के कारणले बाहिर आउन नसकेको हो भनेर बुझ्दा बीचमा त्यस्तो डिजाइन गरेर उसले फसाएको रहेछ । उ सचिवालयबाट बाहिर भएको चार महिना मात्रै भयोे । विगतका योजनामा हालीमुहाली गरेको, उपभोक्तालाई त्रसित बनाएको भन्दै मन्त्रीले उसलाई व्याक गराउन खोज्नुभएको रहेछ । यसले मन्त्रीज्यूको राजनीति नै समस्यामा पार्ने भयो ।’ शेरबहादुर थापा (नेपालप्रेस)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।