२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

परशुराम धाममा पूर्वाधार निर्माणको काम तिब्र अगाडि बढदै

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मीक क्षेत्र परशुराम धाममा गुरुयोजना अनुसार पूर्वाधार निर्माण हुन थालेको छ । गुरुयोजना अनुसार नै पहिलो चरणमा नेपाल सरकारको २० करोड रुपैयाँको लागतमा भगवना परशुरामको मूर्ती, धर्मशाला, सौचालय, विभिन्न देवी देवताका मठ मन्दीर निर्माण गर्ने काम भईरहेको छ ।

परशुराम नगरपालीका– ५ परिगाउँ स्थित महाकाली नदी किनारमा अवस्थीत परशुराम धाममा गुरुयोजना अनुसार भौतिक पूर्वाधार निर्माणको काम धमाधम गरिदै छ । नेपालका चार धाम मध्येको एक परशुरामधाममा शौचालय र सडक कालोपत्रे गर्ने काम सम्पन्न भईसकेको छ । धर्मशाला र भगवान परशुरामको मूर्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको परशुराम नगरपालीकाका नगर प्रमुख भिमवहादुर साउँदले बताए ।

परशुराम धाममा पूर्वाधार निर्माणका लागि ८० करोड रुपैयाँ बराबरको गुरुयोजना बनाइएको थियो । पहिलो चरणमा नेपाल सरकारको २० करोड रुपैयाँको लागतमा गुरुयोजना अनुसार पुर्वाधारको निर्माण गर्न थालिएको हो । धामको विकासका लागि बनाईएको गुरुयोजना अनुसार पूर्वाधार निर्माणको काम भईरहेको र बाँकी काम पनि सुचारु गरिने परशुराम धाम क्षेत्र विकास समितिले जनाएको छ ।

परशुराम धाममा पुर्वाधारको विकास भए पछि धाममा आउँने धार्मीक पर्यटकको संख्यामा बृद्धि हुनेमा विश्वास लिइएको छ । नेपालका धर्मालम्वीका साथै छिमेकी मुलुक भारतका हिन्दु धर्मालम्वीहरु समेत परशुरामधाममा आउँने गरेका छन् ।

भौतिक पूर्वाधार निर्माण भए पछि प्रत्येक वर्ष माघ १ गते नरहरी संक्रान्ति र सुर्य ग्रहणका बेला धामलाग्ने भव्य मेलामा पुग्ने धर्मावलम्बिहरुलाई सहज हुने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।