२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

धेरै संख्यामा सेयर : ८ करोड़ ५० लाख कित्ता बिक्री तथा निष्काशन

नबिल बैंक कोष प्रबर्धक योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लिमिटेडले नबिल म्यूचुअल फण्ड अन्तर्गत “नबिल ब्यालेन्सड फण्ड -३” नामक बन्दमुखी म्युचुअल फण्ड यही भाद्र २५ गते बाट खुल्ला गर्ने भएको छ।

यस योजना बन्द छिटोमा भाद्र २९ गते र ढिलोमा असोज ८ गते सम्म रहेको छ। यस म्युचुअल फण्डले १० रुपैयाँ अंकित दरका १० करोड़ कित्ता सार्बजनिक रुपमा बिक्रीका लागि खुल्ला गर्न लागेको छ ।

उक्त निष्काशन गर्न लागेको कित्ता मध्य १४ प्रतिशत १ करोड़ ४० लाख कित्ता कोष प्रबर्धक कम्पनी नबिल बैंक तथा १ प्रतिशत कित्ता १० लाख कित्ता योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लि.ले सुरक्षित राखी बाँकी ८ करोड़ ५० लाख कित्ता बिक्री तथा निष्काशन गर्न लागेको हो।लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड़ कित्ता सम्मको लागि आबेदन दिन सक्नेछन।

योजना ब्यबस्थापक नबिल इन्भेस्टमेंट बैंकिंग लि फण्ड म्यानेजर रहेको “नबिल ब्यालेन्सड फण्ड -३ नामको बन्दमुखी फण्डले १० करोड़ कित्ता निश्कासनको अनुमति नियामक निकाय नेपाल धितो पत्र बोर्डबाट यही साऊन २९ गते निष्काशनको अनुमति पाएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।