२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

दुबईबाट आएको एअर इन्डिया एक्सप्रेस विमान दुर्घटनामा

नयाँ दिल्ली । संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक विमान दक्षिण भारत केरलास्थित विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ।

एयर इन्डिया एक्सप्रेसको बोइङ–७३७ शुक्रबार साँझ केरलको क्यालिकट विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको हो।बिबिसिका अनुसार विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेका छन् ।

विमानमा १ सय ७४ यात्रु, १० शिशु, दुई पाइलट र चार परिचारक थिए।

नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो।

तर कति मानिस हताहत भए भन्ने स्पष्ट भइसकेको छैन।

विमान दुर्घटनामा दुई पाइलटसहित कम्तीमा ११ जनाको ज्यान गएको सञ्चार माध्यमहरुले जनाएको छ ।( बिबिसि)

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।