दिपकराज भट्ट — डडेल्धुरामा रहेको भीमधुरा युवा समाजले डडेल्धुरा अस्पतालमा उपचाररत रहेकी कुवर लाई आर्थिक सहयोग गरेको छ । कुवरको उपचार डडेल्धुरा अस्पतालमा भईरहेको छ । सिगास गाउपालीका मतकोट १ घर भएकि कुवर अहिले वेड भर्नामा छन्,उनलाई औषधि किन्ने पैसा नभएको खबर पाएपछि आफले औषधि खर्च स्वरुप रु एक हजार पाच सय र फलफुल लिएको समाजका अध्यक्ष ईन्द्र कुमार मालीले बताउनु भयो । सहयोग रकम कुरुवा रहेकी लक्ष्मी कुवर लाई हस्तान्तरण गरिएको हो ।



यता अस्पाल विकास समितिका अध्यक्ष करुणाकरण ओझा भन्छन हामीले पनि कुवरको उपचारका लागि सक्दो सहयोग गरेका छौ,औषधिमा छुट गरेका छौ । हस्तान्तरण कार्यक्रममम ल्याब प्रमुख ईस्वरि भुषाल,अस्पतनल विकास समितिका अध्यक्ष करुणकरण ओझा,बोलन्याथलीका प्रतिनिधि,अभियानता दिपक मल्लको सहभागिदता रहेको थियो । यसरि आर्थिक सहयोग गरिदिएको अध्यक्षले धनयबाद समेत दिएका छन् ।

























