२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

यस कारण डडेल्धुरा जिल्ला सभापति मल्ल निधितिर खुले

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा अनेक प्रकारका समीकरण र साथका नयाँ आयाम र रहस्य पर्दापण हुन थालेका छन्।

उपसभापति विमलेन्द्र निधिले यसअघि नै सभापतिको उम्मेदवारी घोषणा गरी सम्पर्क कार्यालयसम्म उद्घाटन गरिसकेका छन् भने प्रधानमन्त्री तथा हालका सभापति शेरबहादुर देउवा पुनः दोहोरिने स्पष्ट अडानमा छन्।

तर, दाबेदारीबीच कांग्रेस महाधिवेशन एउटा महाभारत जस्तो विवादको घेरामा छ। तैपनि अनेक नेताका विचित्र पर्दाफास हुन थालेका छन्।

सभापति देउवानजिक रहे पनि महाधिवेशनका लागि फरक बाटो हिँडेका संस्थापक नेता महेन्द्रनारायण निधिपुत्र विमलेन्द्रका साथ डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्ल खडा भएका छन्। सम्बन्धमा मल्ल देउवाका आफ्नै फूपुका छोरा हुन्।

सुदूरपश्चिम प्रदेश सभा सदस्य मल्ल देउवाको गृहजिल्ला डडेल्धुराका सभापति पनि हुन्। मल्ल निधिसँग खुल्दा गृहजिल्लमा देउवालाई कठिन हुन सक्ने अनुमान गरिएको छ। मल्ल निधिको सम्पर्क कार्यालय उद्घाटनका क्रममा देखिएका थिए।

मल्ल देउवापत्नी आरजु राणासँगको सम्बन्धमा आएको टकरावका कारण निधितिर खुलेको बताइन्छ। निधिले सो क्रममा कसैलाई हटाउन या रिटायर्ड गराउनका लागि आफूले उम्मेदवारी नदिएको बताएका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।