२०८३ बैशाख २४ बिहीबार
२०८३ बैशाख २४ बिहीबार

सुदुरपश्चिमको मौलिक लोकपर्व गौरा आरम्भ, पहिलो दिन आज बिरुडा पञ्चमी

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख मौलिक चाँड गौरा लोकपर्व शुक्रबार देखि सुरु भएको छ । महिलाहरुले घर–घरमा बिरुडा भिजाएर पर्वको शुभारम्भ गरेका छन ।

पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरी देवी अर्थात् पार्वतीले निराहार व्रत बसी नित्य आराधना गरेको विश्वासमा यो पर्व मनाउने गरिन्छ । गौरा पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।

गौरापर्व मनाउने समुदायका महिलाले निराहार बसेर आ–आफ्नो घरमा तामा वा पित्तलका भाँडामा बिरुडा अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् ।
भाद्र दुवाष्टमीका दिन मनाइने गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख मौलिक लोकपर्व मानिन्छ । गौराको पहिलो दिन विरुडा पञ्चमी पर्दछ ।

यो दिन नारीहरु ब्रत बसेर गौरा घर वा पधेरामा बिरुडा ९सानो केराउ, गहत, गुरास, गहूँ र मास मिसाएर बनाइएको पञ्चनाज० भिजाउछन् । दोस्रो दिन बिरुडा धुने गरिन्छ । बिरुडा धोएकै ठाउँमा गौरा ९पार्वती० को प्रतिमा बनाएर पुजा गरिन्छ ।

बिरुडा भिजाएको तेस्रो दिन भित्री गौरा मनाईन्छ । गौराको ब्रत बस्ने सबै महिलाहरु गौरा घरमा भेला भएर बिरुडा पञ्चमीका दिन भिजाएको बिरुडाले गौरी र महेश्वरको प्रतिमालाई पुजा गर्छन । गौराको मुख्य दिन अष्टमीलाई मानिन्छ । उक्त दिनलाई अठेवाली पनि भन्ने गरिन्छ ।

अठेवालीको दिन महिलाहरु अठेवाली गाउँदै गौरा खेलाउने गर्छन् । ‘गौराको मुख्य दिन भनेको अठेवाली हो,’ पण्डित टेकराज भट्टले भने,‘गौरा घर देखि नाच्दै अठेवाली गाउँदै मन्दिर सम्म पुर्‍याए पछि गौरा विसर्जन गरिन्छ ।’

गौराको विसर्जन पछि फल फट्काइन्छ । त्यसपछि महिलाहरुले बिरुडाले आफन्तहरुको शीर तथा शरीरको पुजा गर्छन् । यो नारी प्रधान पर्व हो, गौरामा नारीले आफुभन्दा साना देखि ठुला सबैको बिरुडाले पुजा गर्छन ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । सुदूरपश्चिमेलीले दशैँभन्दा पनि बढी महत्त्वका साथ यस पर्वलाई मनाउने गर्दछन् ।

कोरोना महामारीका कारण गौरा पर्व सामुहिक बनाउन रोक लगाइएकाले घरमै बिरुडा भिजाइएको हो । महामारीको सन्त्रासका कारण ग्रामीण क्षेत्र समेत गौरामय बन्न सकेको छैन । कुनै चहलपहल देखिएको छैन ।

गत वर्ष देखि कोरोना भाइरसका कारण सार्बजनिक रुपमा गौरा नमनाउँन प्रशासनले आग्रह गरेको छ । स्थानीय पनि घरमै पूजापाठ गरी गौरा मनाउने योजना बुन्दै छन् ।

अरु बर्षहरुमा प्रदेशभर सामुहिक देउडा खेलको आयोजन हुन्थ्यो । प्रशासनको निषेधाज्ञाले यसपाली ती ठाउँ सुनसानझै छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।