दिपकराज भट्ट(डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिकामा नगर स्तरिय अनेरास्ववियु कमिटि गठन गरिएको छ । आज डडेल्धुरा सदरमुकाममा रहेको होटल क्लासिकमा गरिएको औपचारिक कार्यक्रममा प्रमुख अथिति अनेरास्ववियुका केन्द्रिय सदस्य लाल पाण्डेय,अथिति अनेरास्ववियुका जिल्ला संयोेजक सन्तोेश भट्ट,अमरगढी पार्टि नगर ईन्र्चाज यादव ओझा लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा आज गोपाल पाण्डेय अध्यक्ष रहेका छन् भने उपाधक्ष्यमा कमल पाल,साजन ताम्रकार,हिरा शाकि ,सचिवमा सरस्वति पाल,कोषाध्यक्षमा श्याम शाकि ,सहसचिवमा केशव विष्ट,कल्पना शाकि सहित ३१ सदस्यीय कमिटि गठन भएको छ । यस अगाडि भने अजयमेरु गाउपालिकामा तारा भट्टको अध्यक्षतामा कमिटि गठन गरिसकेको छ । डडेल्धुराका सात स्थानिय तहहरुमा कमिटि गठन गरिने जिल्ला संयोजक सन्तोष भट्टले बताउनु भयो ।



Views: 154

























