२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा आजदेखि सुनुवाइ हुँदै

काठमाडौं — तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत संवैधानिक परिषद्को बैठकसम्बन्धी नियम सच्याएर गरिएका नियुक्त खारेजीको माग गर्दै परेको रिटमा शुक्रबारबाट सुनुवाइ हुने भएको छ ।
संवैधानिक इजलासमा संवैधानिक परिषद्ले गरेको नियुक्तिको खारेजीसम्बन्धी रिटको पेशी आज तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।
सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संयोजकत्वमा न्यायाधीसहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधािनक इजलास सुनुपाइ हुने छ ।
२०७७ मंसिर ३० मा सरकारले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरेर अध्यादेश जारी गरेको थियो ।
यसविरुद्ध सर्वोच्चमा ६ रिट परेका थिए । तर, मुद्दामाथि हालसम्म सुनुवाइ भने हुन सकेको छैन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।