कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ गुलरियामा निमेष अस्पताल प्रालि सञ्चालनमा आउने भएको छ । अत्याधुनिक सेवा सुविधासहितको अस्पताल केहि दिन भित्रै सञ्चालनमा आउने अस्पताल स्रोतले जनाएको छ ।
सानो रोग लागे पनि महेन्द्रनगर अथवा धनगढी लगायतका ठाउँमा धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै र स्थानीय स्तरमै सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याउन लागेको अस्पतालका प्रबन्धक निर्देशक गीता चौधरीले बताइन ।
उनले श्रीमान् पनि यसै क्षेत्र तिर कार्यरत रहेकाले आफू पनि यसै क्षेत्रमा लागेर समाज सेवा गर्नका लागी अस्पताल सञ्चालनमा ल्याइरहेको बताइन् ।
२४ सै घण्टा इमरजेन्सी सेवा ,ओपिडि सेवा ,विशेषज्ञ सेवा,अत्याधुनिक प्रयोगशाला सेवा, भिडियो यक्सरे सेवा, लगायतका सेवाहरू प्रदान गर्ने अस्पतालले जनाएको छ ।
स्थानीय स्तरमैमै अस्पताल सञ्चालन हुँदा यहाँका नागरिकलाई ठुलो टेवा पुग्ने विश्वास गरिएको छ ।