२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

जिल्ला प्रशासन द्वारा भाईरल रोड जान रोक

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली ६ लेनको सडकमा जान प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको पहुँच मार्गमा जान प्रतिबन्ध लगाएको हो।

निर्माणाधीन सडकमा भीडभाड हुन थालेपछि कोरोनाको जोखिम बढेकोले आइतवारदेखि सडकमा जान प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताए।

‘भीडभाडले कोरोनाको जोखिम पनि बढेको र सुरक्षाको दृष्टिले पनि संवेदनशील भएकाले घुमघामका लागि सडकमा जान निषेध गरिएको छ’ उनले भने, ‘निर्माण कम्पनी कामदार र त्यहाँका स्थानीयलाई हिँडडुल गर्न पाउँछन् तर सडकमा बस्ने गरेर जान पाउँदैनन्।’

सामाजिक सञ्जालमा भाइरल भएपछि सडकमा दैनिक ४÷५ हजार मानिस सेल्फी, भिडिओ खिच्न, टिकटक बनाउनका लागि पुग्ने गरेका छन्। अहिले यो सडक ‘भाइरल रोड’ले चर्चित बनेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।