२०८३ असार २२ सोमबार
२०८३ असार २२ सोमबार

“हाम्रो कृष्णपुर मास्क अभियान” नारा सहित माक्स वितरण

८ भाद्र , कञ्चनपुर ।
देसभर कोरोनाको संक्रमण तिब्ररुपमा फैलिदै गएको छ । महामारी नियन्त्रणको लागी विभिन्न कार्य भैरहेका छन् ।
यसै बिच कञ्चनपुरको कृष्णपुर नगरपालिकामा “हाम्रो कृष्णपुर मास्क अभियान” नारा सहित माक्स वितरण कार्यक्रम गरेको छ ।
सानो पाइला युवा क्लबले कोरोना महामारीलाई मध्यनजर गर्दै मास्क वितरण अभियन सञ्चालन गरेको हो । मंगलवार पहिलो दिन ईलाका प्रहरी कार्यालय गुलरिया र सानो पाइला युवा क्लवको सहकार्यमा गुलरिया बजारमा मास्क वितरण तथा जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको हुन् ।
उक्त अभियानलाई मध्यनजर गर्दै गुलरिया चोकमा निःशुल्क मास्क डेस्क समेत सञ्चालनमा ल्याएका थिए ।
युवाहरु यसरी महामारीको समयमा पनी निरन्तर रुपमा कोरोना नियन्त्रण र सामाजिकमा सक्रिय रहेको भन्दै स्थानियले खुशी व्यक्त गरेका छन् ।
“कृष्णपुर नगरपालिका भरी जनचेतना मुलक कार्यक्रमलाई पनि प्राथमिकताको साथ अघि बढाउने क्लवका अध्यक्ष शिशिर विकले बताए । ”

सानो पाइला युवा क्लवले कृष्णपुर नगरपालिकामा सामाजिक कार्यमा सक्रिय रूपमा लाग्दै आइरहेको छ । यो भन्दा पहिला समेत कृष्णपुर नगरपालिका अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको तथा हाल आएर कोरोना भाइरसको तेस्रो लहर आउने नदिन र जोखिम काम गर्न अनिवार्य माक्स लगाउन प्रेरित गरेका छन् ।

युवा क्लबको निर्णय अनुसार “ हाम्रो कृष्णपुर माक्स अभिनय ” सुरु गर्नु पर्छ भने उद्देश्यले अभिनयलाई अगाडि सारेको समेत क्लबका सचिव शारदा विष्टले भने, साथै अभियानलाई सफल पार्नको लागि सम्पूर्णको साथ र सहयोगको आवश्यक पर्ने बताएका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।