२०८३ असार २२ सोमबार
२०८३ असार २२ सोमबार

शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशमै सबैभन्दा कम बेरुजु भएको नगरपालिका

कन्चनपुरको शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशकै कम बेरुजु भएको नगरपालिकाका को रुपमा रहेको छ । महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण प्रतिवेदन २०७८ अनुसार प्रदेशका ८८ वटा स्थानिय तह मध्ये शुक्लाफाँटा नगरपालिकामा सबै भन्दा कम बेरुजु कायम रहेको देखिन आएको छ। शुक्लाफाँटा नगरपालिकाको आब ०७६÷७७ मा कुल लेखापरीक्षण भएको रकम एक अरब ३५ करोड ६९ लाख ९२ हजार मध्य बेरुजु रकम रु ८० लाख ५६ हजार गरिएको छ ।

 

जुन सून्य दशमलव ५९ प्रतिशतले रकम बेरुजु कायम रहेको छ । सुदूरपश्चिम प्रदेशका स्थानिय तहमा फछर्योट हुन बाँकी रकम मध्ये कम हो ।महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानिय तहलाई आर्थिक अनुसासन र वित्तीय सुशसन राम्रो भएको मानिन्छ ।

प्रदेशका ८८ नगरपालिकामा सबै भन्दा कम र देशका ७५३ स्थानिय तह मध्ये कम बेरुजु भएका स्थानिय तह मध्ये शुक्लाफाँटा ३० औं स्थानमा रहेको छ । शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिसन सिंह थापाका अनुसार आर्थिक बर्ष ०७४÷७५ मा नगरपालिकामा बेरुजु रकम रु छ करोड ५४ लाख २४ हजार, आब ०७५÷७६ मा रु दुई करोड ९२ लाख ३५ हजार र आब ०७६÷७७ मा रु ८० लाख ५६ हजार गरी कुल बेरुजु रकम रु १० करोड २६ लाख १५ हजार रहेको थियो ।

कुल रकम मध्ये नगरपालिकाले रु पाँच करोड ७२ लाख ३२ हजार बेरुजु रकम फर्छोट गरेको छ । नगरपालिका यस अघि कार्य सम्पदान मूल्याङ्कनमा समेत देशमै उत्कृष्ट ठहर भएको थियो । आब ०७६÷७७ मा कञ्चनपुरका पुर्नवास नगरपालिकामा ४ दशमलव ७६, बेलौरी नगरपालिकामा ५ दशमलव ०६, कृष्णपुर नगरपालिकामा १ दशमलव ६९, भीमदत्त नगरपालिकामा ३ दशमलव ०६, बेदकोट नगरपालिकामा १ दशमलव ५०, महाकाली(दोधरा चाँदनी) नगरपालिमा ११ दशमलव ०४, लालझाडी गाउँपालिकामा १ दशमलव ५१ र बेलडाँडी गाउँपालिमा १ दशमलव ७७ प्रतिशत बेरुजु कायम रहेको छ । सुदूरपश्चिम प्रदेशमा सबै भन्दा बढी बाजुराको त्रिबेणी नगरपालिकामा १७ दशमलव ६० प्रतिशत बेरुजु कायम रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।