२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

कक्षा १२ को परीक्षा दशैंअघि नै हुने

०७ भदौ, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशै अगाडी नै संचालन गर्ने जनाएको छ ।

चारलाख भन्दा बढी परिक्षार्थीलाई कोभिडविरुद्धको खोप लगाएर भौतिकरुपमै परिक्षा संचालन गर्ने बोर्डको तयारी छ। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले स्वीकृति दिएपछि परीक्षा संचालनबारे १५ दिन अगाडी नै सूचना निकालेर जानकारी दिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

निषेधाज्ञाले परीक्षा स्थगित भएपछि परिक्षार्थीहरु उपत्यकाबाहिर गएकाले पूर्वजानकारी दिनुपर्ने हुने शर्माले जनाए।स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै भौतिकरुपमा परीक्षा सञ्चालन गर्न कुनै समस्या नहुने शर्माले बताए।

सरकारले यसै सातादेखि प्रवेशपत्रको आधारमा कक्षा १२ का परीक्षार्थीहरुलाई खोप दिन थालेको छ । यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराउन शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो ।

कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षा संचालन गर्ने बोर्डको तयारी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।