२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

सांसद रेमश चौधरी अस्पताल भर्ना

काठमाण्डौ –स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेमश चौधरी अस्पताल भर्ना भएका छन्।

डिल्लीबजार कारागारका जेलर गणेश आचार्यका अनुसार खुट्टा र मुटुमा समस्या भएपछि उनलाई दुई दिन अघी वीर अस्पताल भर्ना गरिएको हो

‘उहाँको खुट्टा सुन्निएको र मुटु सम्बन्धी समस्या आएको भनिएपछि अस्पताल लगिएको हो,’ जेलर आचार्यले भने। तत्कालीन् राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रेशम चौधरीले २०७५ पुस १९ मा शपथ लिएका थिए।

उनलाई २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो। उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्। अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।