२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

धनगढीबाट निस्किएको साइकल यात्रीको टोली बडिमालिका पुग्यो

बाजुरा,७ भदौ । बाजुराको बडिमालिकाको दर्शनका लागि  धनगढीबाट साइकलमा निस्किएको टोलीले सफलतापूर्वक यात्रा पूरा गरेको छ । समुन्द्र सतहबाट ४ हजार २ सय मिटरको उचाईमा रहेको सुदूरपश्चिमकै महत्वपूर्ण शक्तिपीठ बडिमालिकाको साइकल यात्रा गरिएको यो पहिलो पटक हो ।

साईकल यात्री भरतविक्रम शाहको नेतृत्वमा ११ सदस्यीय टोलीले बडिमालिकाको यात्रा सफलतापूर्वक पार गरेको हो । ८० देखि ९० डिग्रीको उकालोमा साइकल यात्रा गर्नु अत्यन्त जोखिम र रोमाञ्चकारी भएपनि सफलतापूर्वक यात्रा पूरा गरेर साइकलमा बडिमालिका यात्रा गर्न सकिने सन्देश दिएको साइकल यात्री शाहले बताए ।

आन्तरिक र बाह्य पर्यटकहरूलाई बडिमालिकामा आकर्षण गर्न साईकल यात्राले उत्प्रेरित गर्ने बताउदै शाहले धार्मिक र एडभेञ्चर पर्यटनका लागि बडिमालिका सुदूरपश्चिमकै उत्कृष्ट गन्तव्य भएको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।