२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

पहिरोले सानिगाड नदि थुनिदा स्थानीय जोखिममा

सुरेश धामी बझाङ ः जिल्लाको बुङ्गल नगरपालिका — ७ अठपालि बाट पहिरो जादा आंशिक रुपमा थुनिएको सानिगाड नदि एक घण्टा पछि खुलेको छ ।
बिहीवार रातीको अबिरल बर्साका कारण बुङ्गल नगरपालिका वडा नम्बर ७ मा रहेको माहादेव माध्यामिक विध्यालय अठ्पालीको तल रहेको गिठिन्नी भिरमा शुक्रबार बिहान करिब ९ बजे तिर पहिरो जादा थुनिएको सानिगाड नदि खुले पनि जोखिम कायमै रहेको स्थानिय कमल बोहराले बताए ।
इलाका प्रहरी कार्यालय बुङ्गल झापाका अनुसार नदि थुनिएर जोखिममा परेका स्थानियलाई सुरक्षित स्थानमा सर्न र सर्तकता अपनाउन आग्रह गरेको छ । उनका अनुसार पहिरोले स्थानिय दल बहादुर धामी को घर सहित २ भैंसी र स्थानिय नरेन्द्र धामी गाई गोरु राख्ने गोठ सहित गोठमा भएका ३ वटा गाई पनि बगाएको छ त्यस्तै त्यहाका स्थानियको कमाइ खाने खेत पनि पुरै बगाएको स्थानिय नरेन्द्र धामीले बताए ।
शुक्रबार बिहान करिब ९ बजे खसेको पहिरो अझै खस्नसक्ने भएपछि नजिकका कफलसेरी बजार लगायत सिमलथला, कोटिला र लम्बगड क्षेत्र पुरै जोखिममा रहेको छ भन प्रहरीले त्यस क्षेत्रका बासिन्दालाई नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ । पहिरो आउन अझै रोकिएको छैन ।
करीब ६ सय मिटरमाथिबाट झरेको पहिराले नदी थुनिएको हो । जसका कारण नदीमा करीब तीन सय मिटर पानी जमेर ताल बनेको थियो । पहिरोले अहिले सम्म कुनै पनि मानबिय क्षति भने भएको छैन भने पहिरोले भएको एकिन क्षति बिबरण अझै आइसकेको छैन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।