२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

सुदूरपश्चिममा गठबन्धन सरकार बन्ने, छलफल शुरु

धनगढी, ३ साउन । नेकपा एमाले बिभाजनसंगै सुदूरपश्चिममा गठबन्धन सरकार बन्ने छलफल शुरु भएको छ। माओवादी केन्द्र र नेपाली काँग्रेसबीच दुई/दुई प्रदेशमा सत्ताको नेतृत्व गर्ने यसअघि नै सहमती भईसकेको अवस्थामा सुदूरपश्चिममा काँग्रेसको नेतृत्वमा सरकार बन्ने निश्चित भईसकेको थियो ।

अब बन्ने सरकारमा काँग्रैस, माओवादी केन्द्र, नेकपा एमाले समाजवादी र जसपा सहभागी हुने छ । अर्थात बन्ने बन्ने सरकारमा नेकपा एमाले बाहेक सबै दलहरु सहभागी हुने छन् । जसमा दुई जना सांसदले समेत आफूहरु आधिकारिक जसपामा रहेको स्पष्ट पारिसकेपछि उनीहरु पनि सत्ता साभेदार हुने छन् ।

सुदूरपश्चिम प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता रण बहादुर रावलले सरकार गठनका लागि छलफल भईरहेको बताए । ‘हामी केन्द्रको निर्णयको पर्खाईमा छौ’,रावलले भने,’संभवत दशै अघि नै प्रदेश सरकारमा नेतृत्व फेरबदल हुनेछ ।’

हाल माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । केन्द्रको सहमती अनुसार उनले मुख्यमन्त्री पद छोडेनेछन् । सुदूरपश्चिममा नेकपा एमाले बिभाजन नभएको अवस्थामा पनि माओवादीका १३, काँग्रेसका १२ र जसपाका २ सांसद समेत गरेर २७ जना सरकार गठनका लागि पर्याप्त थिए । माधव नेतृत्वको नेकपा एमाले समाजवादी समेत यसमा सहभागी भएपछि सरकार गठनका लागि स्पष्ट बहुमत पुग्नेछ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।