२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

धनगढीका लागि बुद्ध एयरको सुरुवाती एकतर्फी भाडा ५४ सय

काठमाण्डौ – बुद्ध एयरले सात मुख्य सहरको एकतर्फी सुरुवाती भाडादर सार्वजनिक गरेको छ। आगामी भदौ १ देखि उडान खुल्ने भएपछि कम्पनीले विराटनगर, भैरहवा, नेपालगञ्ज, पोखरा, भद्रपुर, जनकपुर र धनगढीको भाडादर सार्वजनिक गरेको हो।

कम्पनीले विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २७ सय, नेपागञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय, जनकपुरका लागि २७ सय र धनगढीका लागि सुरुवाती एकतर्फी भाडा ५४ सय रुपैयाँ तोकेको छ।

कम्पनीले आन्तरिक उडान पनि अत्यावश्यक पर्ने भन्दै सर्वसाधारणहरु सडकमार्गबाट महंगोमा काठमाडौं आउजाउ गर्नु परिरहेकोले उडान खोल्नुपर्ने बताएको छ।

त्यसका लागि कोभिड १९ विरुद्ध आफ्नै सुरक्षा निर्देशिका समेत बनाएर पूर्वाभ्यास समेत गरिरहेको छ।

‘हरेक उडान अगाडी जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाइ, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ । संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिवद्ध छौँ’, कम्पनीले भनेको छ, ‘यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहोरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य बनाएको छौँ। विदेशमा पनि यसैगरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भइसकेको छ।’

हवाइ यात्रामा हरेक यात्रुलाई पहिचान गर्न एकद्वार प्रणाली अपनाएको बुद्धले सोहीअनुसार कम्प्युटर सिस्टम पनि अपडेट गरेको जनाएको छ। यसले महामारी रोकथामको लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्यूटर सिष्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने कम्पनीको भनाइ छ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।