२०८१ माघ ५ शनिबार
२०८१ माघ ५ शनिबार

गाई मरे पछि किरिया बसे इटहरीका एक दम्पती

इटहरी – गाईको काजकिरिया होला भन्दा सबैलाई बिश्वास नलाग्न सक्छ । तर यो खबर सत्य हो । इटहरीका एक दम्पती घरमा पालेको गाई मरेपछि हिन्दु परम्परा अनुसार किरिया बसेका छन् ।

इटहरी १ आँपगाछी तरहराका एक दम्पतीले गाईको किरिया बसेका हुन् ।यहाँका शेरबहादुर कटवाल दम्पतीले आफ्नो घरमा पालेको गाई मरेपछि किरिया बसेका हुन् ।

घरमा पालेका दुईवटा गाईमध्ये एउटा गाई भदौमा ब्याउन लागेको भएपनि अचानक बिरामी भएर उपचार गर्ने क्रममा गाई मरेपछि आँफू किरिया बसेको कटवालले बताए ।

गाई मरेको आठ दिनदेखि सुरु गरेर तीन दिन सम्मका लागि गाईको किरिया बसेको हुँ, कटवालले भने, हिन्दु धर्मअनुसार गाईलाई हामीले लक्ष्मीको रुपमा पूजिने भएकाले पनि किरिया बसेका हौँ ।

अहिलेका पुस्ताले पनि गाईलाई लक्ष्मीको रुपमा पूजा गर्नुपर्ने उनको तर्क थियो ।

तीन दिनपछि पुरोहित बोलाएर हिन्दु धर्मअनुसार पाठपूजा गरेर चोखिने कटवालले बताए ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।