काठमाडौँ — कांग्रेसको केन्द्रीय महाधिवेशन आउँदो मंसिर ९ देखि १३ गतेसम्म हुने भएको छ । केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले भदौ १८ गतेबाट वडास्तरको अधिवेशन सुरु गर्दै मंसिरमा केन्द्रीय महाधिवेशन सकाउने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।
संविधानको धारा २६९ ९४० ९ख० भनिएको छ, ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ । तर, विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसके ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन ।’ संविधानको यो व्यवस्थाअनुसार कांग्रेसको कार्यकाल भदौ १९ बाट साढे ५ वर्ष सकिँदैन ।



कांग्रेसले म्याद सकिन लागेको अवधिमा अधिवेशन सुरु गरेको व्याख्या गर्दै मंसिरमा महाधिवेशन सकाउने निर्णय लिएको हो ।
यस्तो छ, कांग्रेसको १४ औं महाधिवेशनको प्रस्तावित कार्यतालिका
( गाउँ, नगर वडा अधिवेशन ९२०७८ भदौ १८ गते०
( गाउँ, नगरपालिका अधिवेशन ९२०७८ भदौ २७ गते०
( प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन ९२०७८ असोज १ गते०
( प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन ९एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ९२०७८ असोज ५ गते०
( एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ९२०७८ असोज १० गते०
( प्रदेश अधिवेशन ९कात्तिक १०, ११ र १२ गते०
( केन्द्रीय महाधिवशेन ९२०७८ मंसिर ९ गतेदेखि सुरु०

























