२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले भौतिकरुपमै परीक्षा लिने

महेन्द्रनगर २९ साउन । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्नातकोत्तर तहका परीक्षा भौतिकरुपमै सञ्चालन गर्ने जनाएको छ । विगत एक साता देखी आन्दोलनरत विद्यार्थीहरूको माग सम्बोधनका लागी तत्काल मितिमा तोकिएका परीक्षा स्थगित गर्दे आगामी दिनमा भौतिकरुपमै परीक्षा लिइने विश्वविद्यालयले जनाएको हो ।

यसअघि विश्वविद्यालयले स्नातकोत्तर चौथो र दोस्रो सेमिष्टरका परीक्षा आगामी भदौ २ गते भौतिकरुपमा लिइने जनाएको थियो । तर सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडी विद्यार्थीहरूले भौतिकरुपमा परीक्षा दिन नसक्ने भन्दै अनलाइन माध्यम बाटै परीक्षा लिइनुपर्ने माग सहित धर्ना दिएका थिए । शुक्रवार विश्वविद्यालये २ गते तोकिएका परीक्षा भदौ २५ गतेका लागी लम्ब्याइएको जनाएको छ । परीक्षा नियन्त्रक देव सिंह नाथले शुक्रवार बसेको बैठकबाट परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराई भदौ २५ गते बाट भौतिकरुपमै परीक्षा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए ।

तर परिक्षार्थीहरुले भने अनलाइन माध्यमबाट परीक्षा लिइनुपर्ने माग राख्दै आएका छन् ।

उनीहरूले ‘अनलाइन कक्षा हुने, अनलाइन कारोबार हुने तर अनलाइन परीक्षा किन नहुने’ भन्दै भौतिकरुपमा परीक्षा दिन नसक्ने जनाएका छन् । कोभिड १९ का कारण मानव जीवन नै असुरक्षित बनेको अवस्थामा भ्याक्सिन नै अन्तिम बचाउ नभएको भन्दै दिगो विकल्प अपनाउन परीक्षार्थिहरुले माग राखेका छन् .

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्टार यज्ञराज पाठकले सम्पूर्ण परीक्षार्थीहरूलाई कोरोना भ्याक्सिनको व्यवस्था गरी भौतिकरुपमा परीक्षा लिइने जनाए । अहिलेकै अवस्था रहे भौतिकरुपमा परीक्षा लिइने जनाउँदै कोरोनाको जोखिम बढ्दै गए अवस्था अनुसार अनलाइन परीक्षा पनि लिन सकिने उनले जनाए । भौतिकरुपमा परीक्षा सञ्चालनका लागी प्रश्न पत्र छपाइको काम पनि सम्पन्न गरिसकिएको परीक्षा नियन्त्रक नाथले जानकारी दिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।