२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सबै जिल्लाका सिडिओलाई सरकारको निर्देशन : कोरोनाको तेस्रो लहर आउँदैछ, तयारी थाल्नू

काठमाडौँ,२९ साउन । सरकारले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरलाई कोरोना भाइरस कोभिड-१९ संक्रमणबाट जोगिने तयारी गर्न निर्देशन दिएको छ।  गृह मन्त्रालयले कोरोना उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गरी काम अगाडि बढाउन निर्देशन दिएको हो।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै पूर्व तयारी गर्न सिडिओहरूलाई निर्देशन दिएको हो। यसअघिको अवस्थामा सञ्चालन भएका अस्पतालहरू हाल स्थगन गरिएको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नु पर्ने आवश्यक देखिएको मन्त्रालयले जनाएको छ। यस्तै, सूचीकृत अस्पतालमा रहेका संक्रमितको तथ्यांक तथा विवरण दैनिक अद्यावधिक गर्न मन्त्रालयले निर्देशन दिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।