२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

उपाध्यक्षको सक्रियतामा बर्षौ देखि समस्यामा रहेकाले नागरिकता पाए

एकेन्द्र चन्द /साउन २८ डोटी – डोटीको बडीकेदार गाउँपालिकाका बर्षौ देखि आर्थिक अभाब झेल्दै जिल्ला सदरमुकाम सिलगढी सम्म पुग्न नसकेका आफ्ना नागरिकलाइ नागरिकता दिलाउन जिल्ला सदरमुकाम सिलगढी पुर्यायर १ सय ८३ जनाले गाउँपालिकाकी उपाध्यक्ष इन्द्रा बोहराको सहजीकरणमा नागरिता पाएका छन् । कोेरोना भाईरसका कारण डोटीको बडीकेदार गाउँपालिकाका यी नागरिकहरुले बञ्चित भएका थिए ।

डोटीमा नागरिकता बनाउँन जिल्ला सदरमुकाम धाउनपर्ने बाध्यताका कारण सयौको संख्यामा जिल्ला प्रशासनमा लाईन बस्नुपर्ने बाध्यता रहदै आएको छ । बडीकेदारका नागरिकहरुलाई डोटीको सदरमुकाम पुग्न निकै सास्ती हुने गरेको कुरा पुरानै हो ।

त्यसमाथि जिल्ला सदरमुकाममा नागरिकहरु अलपत्र परिरहेका हुन्छन् । एकै पटक धेरै नागरिकहरु सदरमुकाम नागरिकता बनाउँन जाने भएका कारण नागरिकता बनाउन हप्ता दिन पनि लाग्ने गर्दछ । यही अवस्थालाई मध्येनजर गर्दै नेपाली कांग्रेसकी नेतृ समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष बोहरा दुई तिन दिन देखी जिल्ला प्रशासन कार्यालयमा आफै पुगी आफ्ना नागरिकहरुलाई नागरिकता उपलब्ध गराउँन सहजिकरण गरिहेकी छन् ।

जसबाट नागरिकता बनाउँन जिल्ला प्रशासन कार्यालय अघाडी लाईनमा बसेका नागरिकहरु समेत हर्षीत भएका नेपाल तरुण दल डोटी जिल्ला सदस्य तथा बडीकेदारका युवा नेता सिद्ध बिष्टले जानकारी दिए । यस्तै उपाध्यक्ष बोहराले नागरिकता बनाउँन गएका सबै नागरिकलाई आफ्नो ब्यक्तीगत खर्चमा आउँनेजाने यातायातको ब्यवस्था समेत गरेको उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।