२०८३ बैशाख २७ आईतवार
२०८३ बैशाख २७ आईतवार

जाेगबुढा रुपाल सडक जाेडछाैं : दुई स्थानीय तहकाे प्रतिबद्वता


भागेश्वर – डडेल्धुरा जिल्लाको भित्रीमधेश क्षेत्र परशुराम वाट भागेश्वर गाउँपालिकाको रुपाल सम्म आर्थिक वर्ष ०७९ मा सडक जोडीने परशुराम नगरपालिकाका नगर–प्रमुख भीम वहादुर साउँद र भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले वताएका छन ।
पुरानो वस्तीका रुपमा परिचित भागेश्वर गाउँपालिकाको रुपाल र परशुराम नगरपालिकाको पारस्परिक सम्वन्ध अझै प्रगाढ वनाउन पनि यो सडक आवश्यक रहेको नगर–प्रमुख साउँदले भनाई थियो ।
रुपालका लागि मात्र नभई यो सडक छिमेकी जिल्ला बैतडी सम्मका आम नागरिकका लागि समेत कैलाली, कञ्चनपुर जोड्ने द्रुतमार्गका रुपमा हुने नेता साउँदले वताए ।
यो सडक छिट्टै सुचारु हुनेमा ढुक्क रहन रुपाली जनतालाई नगर–प्रमुख साउँद र भट्टले प्रतिबद्वता गरेका छन ।
दुई वटै पालिकाले आ–आफ्नो क्षेत्रवाट छिट्टै पहल चाल्छौ , यो सडक गरेरै छोड्छौ नेता साउँद र भट्टले सयुक्त प्रतिबद्वता गरेका थिए ।
परशुराम नगरपालिकाको वडा.न ३ थपला सम्म सडक पुगेको वताउदै नगर–प्रमुख भीम बहादुर साउँदले अव छिट्टै थप वजेट विनियोजन गरि प्रकृया अगाढी वढाइने वताए ।
आशन्न नेपाली काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिबेसनको पुर्व सन्द्यामा कृयाशिल सदस्य तथा कार्यकर्ता भेटघाटका दौरानमा मेयर साउँद जिल्ला स्थित नेता कार्यकर्ता सहित भागेश्वरको रुपाल पुगेका हुन ।
नेता साउँद सहित जिल्ला स्थित नेताहरुलाई भागेश्वर वडा.न १ र २ का काँग्रेस कार्यकताहरुले स्वागत गर्दै सडक सुचारु लागि माग समेत राखेका थिए ।
नेपाली काँग्रेस डडेल्धुराका महाधिबेसन प्रतिनिधी समेत रहेका साउँद काँग्रेस डडेल्धुराको सातौ जिल्ला अधिबेसनमा सभापति पदका लागि उमेदवार छन ।
अधिबेसनको टुङगो नलागेको भए पनि उनी अहिले कार्यकर्ता भेटघाटमा जुटेका छन ।
जिल्ला स्थित नेता , कार्यकता र साउँद सहितको टोलिले भागेश्वर, अजयमेरु , गन्यापधुरा र अमरगढी नगरपालिकामा पहिलो चरणको भेटघाट कार्यक्रम सक्काएका छन ।
दोस्रो चरणमा भेटघाट अधिबेसनको मिति तय भए पछि गरिने काँग्रेस डडेल्धुराका र्पुर्व जिल्ला उपसभापती तथा क्षेत्र (क) सभापति पदका उमेदवार कैलाश कुमार पाण्डेयले वताए ।
प्रधानमन्त्री तथा काँग्रेस केन्द्रीय सभापती शेर बहादुर देउवा निकट मानिने साउँदले जिल्ला सभापतीमा श्रावण १ गते पत्रकार सम्मेलन गरि उमेदवारी घोषणा गरेका हुन ।
अहिले जिल्लाको ७ वटै पालिका वाट नेता साउँदको पक्षमा जनलहर उर्लिएको छ, भने साउँदको नेतृत्व जित्ने आधार वलियो बन्दै गई रहेको काँग्रेस नेता पाण्डेयले गाउँघर अनलाईन लाई वताए ।
त्यसै गरि भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले गाउँपालिकाको वडा.न १ र २ हुदै परशुराम नगरपालिकाको सिमा सम्म सडक यो आर्थिक वर्षमै जोडिने बताईन ।
थप वजेट माग गरेर भए पनि छिट्टै प्रकृया अगाडी बढाईने उनको भनाई थियो ।
नेता साउँद प्रधानमन्त्री तथा केन्द्रीय सभापती शेर बहादुर देउवा र देउवा पत्नी डा.आरजु राणा देउवा निकट छन ।
उता कौशिला कुमारी भट्ट पनि प्रधानमन्त्री शेर बहादुर देउवा र देउवा पत्नी डा.आरजु राणा देउवा निकट रहेकी
प्रधानमन्त्री शेर बहादुर देउवा र डा.आरजु राण देउवाका पृय पात्रहरुले यसरी बिकासका लागि सयुक्त प्रतिबद्वता जनाउदा जनताले ठूलो आसा वोकेको पाईन्छ ,भने एउटै मञ्चमा सयुक्त रुपमा दुई वटै पालिकाका मेयर र अध्यक्षले रुपालमा सडक जोड्ने प्रतिबद्वता जनाउँदा रुपालि जनतामा खुसी छाएको रुपालका २ बयलपाटका देबी गिरीको भनाई छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।