२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

राजमार्गमा रहेका प्रहरीको चरम लापरवाही

डडेल्धुरा । सरकारले अतिआवश्यक काम बाहेकका अन्य सवारीका साधन संचालनमा रोक लगाएको छ । तर सुुदूरपश्चिमका राजमार्गमा भने सार्वजनिक सवारीका साधानहरु सञ्चालन भई रहेको छ । पहाडि जिल्ला देखी कैलालीको अत्तरीया र अत्तरीया देखी पहाडका जिल्लामा निर्वाध रुपमा सार्वजनिक एवं निजि सवारीका साधन संचालनमा रहेका छन ।

सुदूरपश्चिमका पहाडि जिल्लाको प्रमुख केन्द्रका रुपमा रहेको भिमदत्त राजमार्गका साथै यहाँका सबै राजमार्गमा गाडि कुदी रहेका छन । केआई सिह राजमार्ग, दशरथ चन्द राजमार्गका दर्जनौ स्थानमा प्रहरी चेकपोष्ट छन । तर सरकारको निती कार्वान्यवन भने हुन सकेको छैन ।

सार्वजनिक यातायातका सवारी साधनका साथै निजि यातायातका सवारी साधन निर्वाध रुपमा यात्रु बोकीरहेको यातायात व्यवसायीलेनै बताएका छन । प्रहरी प्रशासन मुखदर्शक बनेको छ ।

कुनै यातायातका सवारी साधनले निर्वाध रुपमा यात्रु बोकि रहेका छन भने कसैले पाईरहेका छैन्न । यस कारण सबैलाई समान व्यवहार गरियोस । नाम नबताउँने सर्तमा एक यातायात व्यवसायीले भने ।

बढी जसो जिप, हाईस र निजि यातायातका सवारी साधनमा स्कारपीओ, अल्टो लगायतका जिपहरुले विरामी भन्दै लिएको पास बाट यात्रु बोकीरहेका छन । दर्जनौ स्थानमा प्रहरी चेक पोष्ट भए पनि कतै पनि पास चेकजाँच नहुँने गरेको पाइएको छ ।
डडेल्धुराको स्याउलेमा रहेको जिल्ला ट्राफिक प्रहरीको पोष्टमा चेक जाँच हुँदा दिनहु कैयन हाईस रोकिन्छन । यात्रुहरु बिच बाटोमा अल्पत्र पर्ने गरेका छन । डोटी, बैतडी, बझाङ, अछाम सहित तराईका कैलाली र कञ्चनपुर जिल्ला बाट पासका नाममा यात्रु बोकेर सवारी साधन आउजाउ गर्छन ।

निजि यातायातका सवारी साधन यात्रु बोकेर आउँदा सम्म बिच बाटोमा पर्ने प्रहरी पोष्टमा चेकजाँच नगरी आउने गर्दा स्याउलेमा यात्रुहरु अल्पत्र पर्ने गरेका छन ।

अन्यत्र बाट यात्रु बोकेर ल्याउछन । हामीले बिच बाटोमा रोक्दा यात्रुहरु अलपत्र पर्ने गरेकाले समस्या हुने गरेको एक जना ट्राफिक प्रहरीले बताए । विभिन्न वहानामा पास लिई रातो नम्वर प्लेटका अधिकांस निजि यातायातका सवारी साधनले नेपाल सरकारले निर्धारण गरेको मापदण्ड भन्दा बढी यात्रु बोक्दा सम्म पनि प्रहरीले चेकजाँच नगर्ने गरेको प्रहरीलाई आरोप लागेको छ ।

कालो नम्बर प्लेट भएका सवारी साधन लाई ट्राफिक प्रहरीले टाढै बाट रोक्छन । एक जना सार्वजनिक सवारी चालकले भने, निजि गाडी रातो नम्बर प्लेटका गाडी लाई चेकजाँच नै छैन । दिनहु यात्रु बोकि रहेका छन । निजि गाडीहरुले न सामाजिक दुरी कायम गर्छन न भाडा नै डेढ गुना बढी लिन्छन । उनिहरुले झन चार गुना बढी भाडा तिराई बुकिङ्ग गरि निर्वाधरुपमा सञ्चालनमा भईरको उनको भनाई छ ।

यसले सार्वजनिक सवारीका साधन सञ्चालक लाई निकै समस्या भएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।