दीपकराज भट्ट (डडेलधुरा)- आलिताल २ मटेला बस्ने हर्क देउवा लाई समाजसेवी प्रमोद मल्लकाे संयोजकत्वमा रु ७५,७०४ सहयोग हस्तान्तरण गरेका छन् । सहयोग रकम विभिन्न दाता व्यक्ति र संस्था बाट संकलन गरिएकाे संयोजक मल्लकाे भनाई छ ।
देउवाकाे २ बर्ष अघि भारतमा गाडिले खुट्टामा ठुलाे चाेट लागेकाे थियो ।



देउवा अहिले डडेलधुरा अस्पतालमा भर्ना रहेका छन् ,उनलाई काेभिड पोजेटिभ देखिएकाे छ ।
देउवालाई अालिताल गाउँपालिका र डडेलधुरा अस्पतालले अाैषधि खर्च दिने निर्णय गरेकाे अभियानताकाे भनाइ रहेकाे छ ।
देउवा लाई अस्पतालमा भर्ना गरेकाे १२ दिन भएकाे छ , स्वास्थ्य अहिले सुधार अाएकाे छ देउवा बताउछन्। अार्थिक संकलन अभियान हालका लागि बन्द गरिएको र संकलित रकम पिडितकाे अन्य व्यवस्थापनमा खर्च गरिने संयोजक मल्लले बताउदै सम्पूर्ण दाताहरुलाई धन्यवाद समेत दिनुभएकाे छ ।
Views: 158


















