२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

डोटीमा एक किशोरीमाथि पटक-पटक बलात्कार भएको खुलासा !

डोटी,२४ साउन । डोटीमा एक किशोरीमाथि पटक-पटक बलात्कार भएको रहस्य खुलेको छ। कैलालीको चुरे गाउँपालिकाकी १३ वर्षीया ती किशोरीमाथि जोरायल गाउँपालिका–४ शान्तिपुरका ३८ वर्षीय कर्णबहादुर बोहराले बलात्कार गरेको भन्दै आफन्त प्रहरी समक्ष पुगेका छन्।

मामा घर गएकी किशोरीलाई बोहराले चाउचाउ र लुगाकपडा दिने भन्दै फकाएर साउन १९ गते जंगलमा लगेर बलात्कार गरेको आफन्तले बताएका छन्। त्यसपछि पनि किशोरीलाई जंगलबाट घरमा लगेर २ दिनसम्म पटक–पटक बलात्कार गरेको आरोप आफन्तले लगाएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

बलात्कारपछि किशोरीलाई जंगलमै लगेर छाडिदिएपछि उनी २१ गते आफ्नो घर पुगेकी थिइन्। अहिले आरोपित बोहरा फरार रहेको र उक्त घटनालाई सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मल्लले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।