२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

धनगढी-गोदावरी साईकल -याली २०७८ सुरु

धनगढी, २३ साउन । शनिबार आज धनगढी-गोदावरी साईकल -याली २०७८ सुरु भएको छ । आरडि कालिका सप्लायर्स प्रालि धनगढीको आयोजनामा साईकल -याली सुरु भएको हो ।

स्वास्थ्य जीवन वातावरण संरक्षण तथा प्रवद्धृनका लागि साईक्लिङ्ग भन्ने नाराका साथ साईकल -यालीको आयोजना गरिएको हो । सो कार्यक्रमलाई प्रित ट्रयाक्टर सुदूरपश्चिम प्रदेश धनगढीले प्रायोजन गरेको छ भने फारवेस्र्टन राईडर्स क्लब एवं धनगढी उपमहानगरपालिकाको सहयोग र समन्वयमा साईकल -याली सुरु भएको आयोजकले जनाएको छ ।

फारवेस्र्टन राईडर्स क्लबका अध्यक्ष भरत शाहका अनुसार शनिबार बिहान साढे ७ बजे धनगढीको चौराहाबाट गोदावरी प्रस्थान भईसकेको बताए । त्यहाँ पुगेपछि गोदावरी क्षेत्रको सरसफाई गर्ने कार्यक्रम समेत तय भएको उनले बताए ।

पछिल्लो पटक पर्यटकको संख्यामा वृद्धि भएसगै गोदावरी क्षेत्रको पिकनिक स्पट फोहोर भएकोले पनि सरसफाई गर्ने कार्यतालिका रहेको जनाएको छ । सो साईकल -यालीमा विश्व धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, साईकल यात्री पुस्कर शाह,ओलम्पियन दिपक विष्टको समेत सहभागिता रहको छ । साईकल -यालीको अवसरमा प्रित ट्रयाक्टर खरिद गर्ने ग्राहकहरुलाई विषेश अफरको समेत व्यवस्था गरेको आयोजकले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।