२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

आजदेखि देशभर मास्क अभियान सञ्चालन हुँदै

काठमाडौँ,२३ साउन । आजदेखि देशभर मास्क अभियान सञ्चालन हुँदैछ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो ।

मन्त्रालयले मास्क लगाइ मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न लागिएको बताए ।

उनले जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भएको र मास्क लगाउन पनि लापरबाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्त्वबारे जानकारी गराउन अभियान सुरु गर्न लागिएको जानकारी दिए ।

कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले सबैले अनिवार्य मास्क लगाउनसमेत उनले आग्रह गरे । सङ्क्रमण दिनानुदिन बढे पनि धेरैले सही तरिकाले मास्क नलगाउने गरिएको पाइएको छ । एक हप्ते अभियानमा मास्क कसरी लगाउने भनेर सिकाइने मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार स्वास्थ्य स्वयंसेविकामार्फत गाउँटोलमा मास्कको महत्त्वबारे सिकाइने छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।