बैतडी – बैतडीमा पहिरोमा पुरिएर आमा छोरोको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीय पशुपति बोहरा र उनका १२ बर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको हो ।
१६ बर्षीय सुजिता बोहरा र १२ बर्षीया सुनिता बोहराले भने भागेर बच्न सफल भएका छन् । । बिहीबार राती १२ बजेतिर पहिरो खस्दा घर भित्रै सुतीरहेका आमा छोराको मृत्यु र २ जना भागेर बच्न सफल भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए ।
घरमाथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा परिएको छ । घरभित्र पुरिएका दुवै जनाको शव निकालेर पोष्टमार्टमा लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
Views: 94