दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरा प्रहरीले जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा मास्कको नलगाएर हिँडडुल गर्नेलाई कारबाही गर्न थालेको छ। सरकारले लकडाउनु खुकुलाे गरे संगै यता डडेल्धुरामा कडाई गरिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले माक्स नलगाउने लाई जरिवाना स्वरुप रु एक सय लिने गरेपछि अहिले नागरिक सचेत बनेका छन् । अाफुले याे अभियान सुरु गर्दा माक्स लगाउनेकाे संख्या निकै कम रहेकाे र अहिले कडाइ गरेपछि प्राय सबैले माक्स लगाउने गरेका छन् ।
कसैले माक्स भएर पनि खल्ती मा राख्ने गरेकाले हामिले सम्झाई बुझाई गरेर जानकारि दिने गरेका छाै प्रहरी नायक निरिक्षक चन्द्र सिं धामि ले बताउनु भयाे । अटेरि गर्ने बाट हामिले जरिवाना लिने गरेका छाै धामिकाे भनाइ छ।
अहिले जिल्ला प्रहरी कार्यालय डडेल्धुरा जनतेतनामुलक सन्देश माईकिङ समेत गरिरहेकाे छ । जिल्ला सदरमुकाम बागबजार क्षेत्रबाट मास्क नलगाई हिँडडुल गर्ने २ सय ९४ जनालाई कारबाही गरेको प्रहरीले जनाएको छ।
मास्कविना सदरमुकाम आउने र जथाभावी घुम्ने मानिसलाई कारबाही गरिएको हाे ।
उनीहरूलाई पहिलो पटक १ सय रुपैयाँका दरले जरिमाना गरी सम्झाइबुझाई गरी छोडिएको उनले बताए। कारवाहीमा परेकाहरुबाट हालसम्म २९ हजार ४ सय रुपैयाँ राजस्व सङ्कलन समेत गरिएको छ ।